शनिबार, बैशाख ५,२०८३ 07:21:41
Bizshala
  • शनिबार, बैशाख ५,२०८३ 07:21:41
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

साऊदीको कडा कदमः ५ इरानी कूटनीतिज्ञलाई २४ घण्टाभित्र देश छाड्न उर्दी, बेइजिङ सम्झौता तोड्ने संकेत

Bizshala
साऊदीको कडा कदमः ५ इरानी कूटनीतिज्ञलाई २४ घण्टाभित्र देश छाड्न उर्दी, बेइजिङ सम्झौता तोड्ने संकेत
Shivam Cement

काठमाण्डौ । इरानका आक्रमणबीच सऊदी अरबले कडा प्रतिक्रिया जनाउँदै तेहरानका पाँच कूटनीतिज्ञलाई ‘पर्सोना नन ग्राटा’ घोषणा गरेको छ। यस निर्णयसँगै ती सबै इरानी कूटनीतिज्ञलाई २४ घण्टाभित्र सऊदी अरब छाड्न निर्देशन दिइएको छ। निष्कासित हुनेमध्ये इरानी मिलिट्री अट्याचे समेत समावेश छन्।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

सऊदी अरबको विदेश मन्त्रालयले शनिबार जारी गरेको वक्तव्यमा इरानी मिलिट्री अट्याचे, उनका सहायक तथा कूटनीतिक मिसनका अन्य तीन कर्मचारीलाई तत्काल देश छाड्न आदेश दिइएको उल्लेख गरिएको छ। सऊदीले उनीहरूलाई आफ्नो भूमिमा ‘अवाञ्छित व्यक्ति’ घोषणा गरेको जनाएको छ।

यसअघि यही साता कतारले पनि इरानी मिलिट्री अट्याचेको कार्यालयसँग सम्बन्धित कर्मचारीलाई निष्कासन गर्दै ‘छिमेकी सम्बन्धका सिद्धान्त उल्लंघन’ गरेको आरोप लगाएको थियो।

इरानका हालिया आक्रमणबाट सऊदी अरबलाई ठूलो क्षति पुगेको बताइएको छ। ती आक्रमणमा सर्वसाधारण नागरिकसमेत हताहत भएको प्रारम्भिक विवरण सार्वजनिक भएका छन्। यद्यपि, सऊदी अरबले हालसम्म इरानविरुद्ध प्रत्यक्ष सैन्य प्रतिक्रिया भने दिएको छैन।

CG Motors
Garima Development Bank
IME remit

फेब्रुअरी २८ देखि अमेरिका र इजरायलले इरानमाथि सुरु गरेको आक्रमण २३औँ दिनसम्म जारी रहँदा क्षेत्रीय तनाव झन् चर्किएको छ। त्यसको जवाफमा इरानले इजरायल तथा मध्यपूर्वस्थित अमेरिकी सैन्य आधारहरूमा आक्रमण गर्दै आएको छ, जसको प्रभाव छिमेकी देशहरूमा समेत परेको छ।

यसैबीच, बदलिँदो सुरक्षा अवस्थाका कारण होर्मुज जलडमरूमध्यमा जहाज आवागमन लगभग ठप्प भएको छ। विश्व बजारमा तेल तथा एलएनजी आपूर्तिको प्रमुख मार्ग मानिने यस जलडमरूमध्य अवरुद्ध हुँदा मध्यपूर्वबाट हुने ऊर्जा निर्यातमा गम्भीर असर परेको छ, जसले अन्तर्राष्ट्रिय बजारमा थप अनिश्चितता सिर्जना गरेको छ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.