काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा २ लाख कित्ता बढी बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा मन्दाकिनी हाईड्रोपावर लिमिटेडको २ लाख ७९ हजार ३१७.५३ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
कम्पनीले गत आर्थिक वर्षका लागि ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ नगद लाभांश(कर प्रयोजनका लागि)गरी कुल ५ प्रतिशत लाभांश घोषणा गरेको थियो । सोहि ४.७५ प्रतिशत बोनस सेयर नेप्सेमा आज सूचीकृत भएको हो ।
यससँगै उक्त सेयरहरु भोलिदेखि दोस्रो बजार कारोबारमा आउनेछन् ।