काठमाण्डौ । थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलले विश्व क्षयरोग दिवसका अवसरमा श्वासप्रश्वाससम्बन्धी समस्याको स्वास्थ्य परीक्षणमा छुटसहितको प्याकेज ल्याएको छ ।
विश्व क्षयरोग दिवसका अवसरमा अस्पतालले २४ मार्चदेखि ३० मार्चसम्म एक साताका लागि ३० प्रतिशत छुटसहितको प्याकेज सञ्चालनमा ल्याएको हो ।
जसअन्तर्गत विशेषज्ञ चिकित्सकको परामर्शसहित १५ प्रकारका परीक्षणहरु छन् । नर्भिकले ३० प्रतिशत छुटसहित १० हजार ५ सय ७५ रुपैयाँको प्याकेज ल्याएको हो ।
उक्त प्याकेजमा चिकित्सकको परामर्शसँगै सीबीसी, एसजीओटी, एसजीपीटी, क्रिएटिनिन, युरिन रुटिन टेस्ट, छातीको एक्स–रे, इसीजी, इको जाँच, पेट र पेल्भिसको अल्ट्रासाउन्ड, टीएसएच, युरिक एसिड, सुगर, लिपिड प्रोफाइल र पीएफटी परीक्षण तथा जाँचहरु समावेश छन् ।
सेवा लिनका लागि अस्पतालको फोन नम्बर ०१–५९७००३२ र ९८०२१७००३२ नम्बरमा सम्पर्क गर्न पनि अस्पतालले आग्रह गरेको छ । अस्पतालले विभिन्न अवसरमा आफ्ना स्वास्थ्य जाँच तथा परीक्षण सेवामा छुटसहितको प्याकेज सञ्चालन गर्दै आएको छ ।

