बुधबार, असार १०,२०८३ 11:36:17
Bizshala
  • बुधबार, असार १०,२०८३ 11:36:17
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एनआइसी एशिया क्यापिटलका म्युचुअल फण्डहरुको वित्तीय अवस्थामा सुधार, सेयरबजारमा सबैको लगानी वृद्धि

Laxmi Sunrise Bank Limited
एनआइसी एशिया क्यापिटलका म्युचुअल फण्डहरुको वित्तीय अवस्थामा सुधार, सेयरबजारमा सबैको लगानी वृद्धि

काठमाण्डौ । एनआइसी एशिया क्यापिटल लिमिटेडका म्युचुअल फण्डहरुको वित्तीय अवस्थामा उल्लेख्य सुधार देखिएको छ ।  

हाल क्यापिटलका दुई खुलामुखी र ४ बन्दमुखी योजना गरी ६ वटा म्युचुअल फण्ड सञ्चालनमा छन् । खुलामुखी योजनाहरुमा एनआइसी एशिया इक्विटी लिङ्क्ड इन्भेष्टमेन्ट स्किम र एनआइसी एशिया डायनामिक डेब्ट फण्ड छन् भने बन्दमुखी योजनाहरुमा ब्यालेन्स्ड फण्ड, फ्लेक्सी क्याप फण्ड, ग्रोथ फण्ड–२ र एनआइसी एशिया सेलेक्ट–३० रहेका छन् ।  

फागुन मसान्तसम्ममा यी फण्डहरुको वित्तीय प्रदेर्शनमा उल्लेखनीय सुधार देखिएको छ । पछिल्लो समय सेयरबजारमा क्रमिक सुधार देखिएसँगै एनआइसी एशिया क्यापिटलका फण्डहरुको नाफा, प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) र लगानीको भ्यालुमा सुधार देखिएको हो ।  

फागुन महिनामा ६ वटै फण्डको सेयरबजारमा गरिएको लगानी उल्लेख्य बढेको छ भने न्याभ र मुनाफामा पनि सुधार देखिएको छ ।  

एनआइसी एशिया इक्विटी लिंक्ड इन्भेष्टमेन्ट स्किम  

यो फण्डले फागुन महिनामा १ करोड ६१ लाख ४९ हजार रुपैयाँ नाफा कमाएको छ । अघिल्लो महिना अर्थात् माघमा यो फण्डले ९७ लाख ३७ हजार रुपैयाँ घाटा व्यहोरेको थियो ।  

त्यस्तै, फण्डको सेयरबजारमा लगानी समेत १६.२५ प्रतिशतले बढेको छ । फागुनमा यो फण्डको लगानी ५३ करोड ९० लाख २५ हजार पुगेको छ । माघमा भने यस्तो लगानी ४६ करोड ३६ लाख ९५ हजार रुपैयाँ थियो ।

साथै फण्डको न्याभमा पनि सुधार देखिएको छ । फागुनमा यो फण्डको न्याभ बढेर १०.२२ रुपैयाँ पुगेको छ । माघमा भने ९.८९ रुपैयाँ थियो ।  

एनआइसी एशिया डायनामिक डेब्ट फण्ड  

यो फण्डको पनि न्याभ, मुनाफा र लगानीको आकार सबै बढेको छ । लगानीको आकार ११.३८ प्रतिशतले बढेर फागुनमा १ अर्ब ६ करोड ९२ लाख पुगेको छ । अघिल्लो महिना सेयरबजारमा लगानी ९५ करोड ९९ लाख ६९ हजार रुपैयाँ थियो ।  

त्यस्तै, १ करोड ६० लाख ९८ हजार रुपैयाँ घाटा व्यहोरेको यो फण्डले फागुनमा ४ करोड ४३ लाख १० हजार रुपैयाँ नाफा कमाएको छ ।  

साथै फण्डको न्याभ पनि ९.८५ रुपैयाँबाट बढेर १०.२१ रुपैयाँ पुगेको छ ।  

New Office
CG Motors
Garima Development Bank

एनआइसी एशिया ब्यालेन्स्ड फण्ड

एनआइसी एशिया ब्यालेन्स्ड फण्डले पनि सेयरबजारमा लगानी १२.२९ प्रतिशतले बढाएको छ । माघमा ४४ करोड ८२ लाख रुपैयाँ सेयरबजारमा लगानी गरेकोमा फागुनमा ५० करोड ३३ लाख पुर्याएको छ ।  

साथै यो फण्डको नाफा पनि १३२६.८९ प्रतिशतले बढेको छ । माघमा २४ लाख ५८ हजार रुपैयाँ मात्रै नाफा कमाएको यो फण्डले फागुनमा ३ करोड ५० लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ ।  

साथै न्याभ पनि १०.०३ रुपैयाँबाट बढेर १०.४७ रुपैयाँ पुगेको छ ।  

 

एनआइसी एशिया फ्लेक्सी क्याप फण्ड

एनआइसी एशिया फ्लेक्सी क्याप फण्डको सेयरबजारमा लगानी ५.४८ प्रतिशतले बढेको छ । माघमा यो क्षेत्रमा ७६ करोड २ लाख रुपैयाँ लगानी रहेकोमा फागुनमा बढेर ८० कराड १८ लाख रुपैयाँ पुगेको छ ।  

त्यस्तै, फण्डको मुनाफा पनि ४९९.४८ प्रतिशतले बढेर फागुनमा ५ करोड २८ लाख ४९ हजार रुपैयाँ पुगेको छ । माघमा यो फण्डले जम्मा ८८ लाख १३ हजार रुपैयाँ मात्रै नाफा कमाएको थियो ।  

त्यस्तै, न्याभ पनि १०.०९ रुपैयाँबाट बढेर १०.५२ रुपैयाँ पुगेको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

एनआइसी एशिया ग्रोथ फण्ड–२

यो फण्डले पनि सबै सूचकहरुमा उल्लेख्य प्रदर्शन गरेको छ । फण्डले सेयरबजारमा लगानी १५.४८ प्रतिशतले बढाएर ८६ करोड ९० लाख रुपैयाँ पुर्याएको छ । माघ महिनामा भने सेयरबजारमा लगानी ७५ करोड २५ लाख रुपैयाँ रहेको थियो ।  

त्यस्तै, माघमा १ करोड ९७ लाख ८० हजार रुपैयाँ घाटा व्यहोरेको यो फण्डले फागुनमा भने २ करोड ७२ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ ।  

फण्डको न्याभ पनि १०.१५ रुपैयाँबाट बढेर १०.६७ रुपैयाँ पुगेको छ ।  

एनआइसी एशिया सेलेक्ट–३०  

अन्य फण्डहरुले जस्तै एनआइसी एशिया सेलेक्ट–३० ले पनि सबै सूचकहरुमा सुधार गरेको छ ।  

फण्डले सेयरबजारमा १ अर्ब ७ करोड ९८ लाख रुपैयाँ लगानी गरेको छ । यो लगानी रकम अघिल्लो महिनाको तुलनामा ४.७६ प्रतिशत बढी हो । माघमा फण्डले सेयरबजारमा १ अर्ब ३ करोड ८ लाख रुपैयाँ लगानी गरेको थियो ।  

त्यस्तै, माघमा ५ करोड ८९ लाख रुपैयाँ घाटा ब्यहोरेको यो फण्डले फागुन महिनामा भने ४६ लाख ९७ हजार रुपैयाँ नाफा कमाउन सफल भएको छ । फण्डको न्याभ पनि ९.५३ रुपैयाँबाट बढेर १०.०४ रुपैयाँ पुगेको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.