बुधबार, श्रावण १३,२०८३ 02:36:45
Bizshala
  • बुधबार, श्रावण १३,२०८३ 02:36:45
Bizshala
Global IME Bank Limited

पेट्रोल–डिजेलमा ठूलो राहत: भारतले एक्साइज ड्युटी घटायो

पेट्रोल–डिजेलमा ठूलो राहत: भारतले एक्साइज ड्युटी घटायो
New Office

काठमाण्डौ । भारत सरकारले पेट्रोल र डिजेलमा लाग्ने एक्साइज ड्युटीमा ठूलो कटौती गर्दै इन्धनको मूल्य वृद्धि रोक्ने प्रयास गरेको छ। 

समाचार एजेन्सी पीटीआईका अनुसार सरकारले पेट्रोलमा लाग्दै आएको प्रतिलिटर १३ रुपैयाँ एक्साइज ड्युटी घटाएर ३ रुपैयाँमा झारेको छ भने डिजेलमा लाग्ने एक्साइज ड्युटी पूर्ण रूपमा हटाउँदै शून्यमा झारिएको छ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढेपछि इन्धन मूल्यमा दबाब परेको अवस्थामा सरकारले यो निर्णय लिएको हो। इजरायल–ईरान द्वन्द्वका कारण कच्चा तेलको मूल्य ७० डलरबाट बढेर प्रति ब्यारेल १०० डलरभन्दा माथि पुगेको छ। यसले तेल कम्पनीहरूलाई ठूलो घाटा भइरहेको र मूल्य वृद्धि नगरेसम्म घाटा व्यवस्थापन गर्न कठिन भएको अवस्था सिर्जना भएको थियो।

भारतका पेट्रोलियम मन्त्री हरदीप सिंह पुरीका अनुसार हाल तेल कम्पनीहरूले पेट्रोलमा प्रतिलिटर करिब २४ रुपैयाँ र डिजेलमा ३० रुपैयाँसम्म घाटा व्यहोर्नुपरेको छ। यही दबाब कम गर्न सरकारले कर घटाएर मूल्य स्थिर राख्ने रणनीति अपनाएको हो।

एक्साइज ड्युटी एक प्रकारको अप्रत्यक्ष कर हो, जुन उत्पादन वा निर्माणमा लाग्ने गर्छ। भारतमा पेट्रोलियम पदार्थमा केन्द्र सरकारले एक्साइज ड्युटी लिन्छ भने राज्य सरकारले भ्याट (VAT) लगाउने गर्छन्। ड्युटी घटाएपछि उपभोक्तामाथि पर्ने मूल्यवृद्धिको दबाब केही कम हुने अपेक्षा गरिएको छ।

सरकारले यो कदमलाई तत्कालका लागि ‘कुशन’ अर्थात् राहत उपायका रूपमा लिएको जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल सस्तो नभएसम्म मूल्यमा ठूलो गिरावटको सम्भावना भने कम रहेको छ।

यसैबीच, नायरा इनर्जीले भने यसअघि पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेलमा ३ रुपैयाँ वृद्धि गरिसकेको छ। भोपालमा कम्पनीको पेट्रोल मूल्य १११.७२ रुपैयाँ र डिजेल ९४.८८ रुपैयाँ पुगेको छ, जुन राज्यअनुसार फरक हुन सक्छ।

यता, भारत सरकारले देशमा पेट्रोलियम पदार्थको अभाव नभएको स्पष्ट पार्दै करिब ६० दिनसम्म पुग्ने भण्डारण रहेको जनाएको छ। साथै, प्रधानमन्त्री नरेन्द्र मोदीले इजरायल–ईरान द्वन्द्वपछि उत्पन्न परिस्थितिबारे मुख्यमन्त्रीहरूसँग छलफल गर्ने तयारी गरेका छन्।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.