बिहीबार, श्रावण १४,२०८३ 09:36:49
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 09:36:49
Bizshala
Global IME Bank Limited

सेयर बजारमा कसरी बन्न सकिन्छ सफल लगानीकर्ता ? यस्ता छन् पिटर लिन्चका ४ सुझाव

सेयर बजारमा कसरी बन्न सकिन्छ सफल लगानीकर्ता ? यस्ता छन् पिटर लिन्चका ४ सुझाव
New Office

काठमाण्डौ । अमेरिकी सेयर बजारका सफल लगानीकर्तामध्येका एक हुन्, पिटर लिन्च। लिन्चले २५ वर्षको कलिलै उमेरदेखि नै अमेरिकी सेयर बजारमा लगानी सुरु गरेका थिए। लगानी गर्न सुरु गरेको ८ वर्षमै लिन्चले म्यगेल्लन फन्डको पोर्टफोलियो म्यानेजर भएर काम गरेका थिए। उनको नेतृत्वमा फन्डले वार्षिक २९ प्रतिशत मुनाफा कमाउन सफल भएको थियो।  

लिन्चले १३ वर्षसम्म फन्डको नेतृत्व गरेका थिए। उनको नेतृत्वमा कम्पनीको कुल पुँजी १८ मिलियनबाट १४ बिलियन सम्म पुगेको थियो।

नयाँ लगानीकर्ता साथै वर्षौंदेखि सेयर बजारमा लगानी गर्दै गरेका लगानीकर्ताहरूले पनि लिन्चबाट लगानी गर्ने धेरै सूत्रहरू सिक्न सकिन्छ। लिन्चको सेयर बजारमा लगानी गर्ने रणनीतिलाई वारेन बफेट, चार्ली मंगर, हावर्ड मार्क्सलगायत अन्य थुप्रै लगानीकर्ताले प्रशंसा गर्दै आएका छन्। उनको लगानी रणनीतिलाई पछ्याउने लगानीकर्ताको संख्या विश्व बजारमा धेरै छ।  

यस लेखमा लगानीकर्ताहरूका लागि हामीले लिन्चका ४ सुझाव समेटिएका छौँ ।  

१. सेयर बजारमा लगानी गर्दा दीर्घकालीन लगानी गर्नुपर्छ

सेयर बजारका छोटो समयमै मनग्गे कमाउने धेरै लगानीकर्ताको चाहना हुन्छ। धेरैलाई आज कम मूल्यमा खरिद गरेर भोलि नै नाफामा बेच्ने पाए हुन्थ्यो भन्ने हुन्छ। तर लिन्चका अनुसार बजारमा आफूले किनेको कम्पनी जति होल्ड गर्न सक्यो, त्यति नै धेरै कमाउन सकिन्छ। लगानीकर्ताले राम्रो लाभांश दिने कम्पनी छनौट गरेर दीर्घकालीन लगानी गर्दा बजारबाट समयसँगै धेरै मुनाफा कमाउन सकिन्छ। उनका अनुसार बजारमा उत्कृष्ट कम्पनी छनोट गरेर लगानी गर्ने लगानीकर्तालाई बजारले सधैँ साथ दिन्छ। सफल लगानीकर्ता वारेन बफेटले पनि दीर्घकालीन लगानी गर्ने रणनीति अपनाएका छन्। उनले कोकाकोला कम्पनीको सेयर विगत ३३ वर्षदेखि होल्ड गरेका छन्।  

२. सेयर लगानीकर्तामा धैर्यता हुनुपर्छ

सेयर बजार सधैँ बढ्दो क्रममा हुँदैन। अधिकांश लगानीकर्ता बढ्दो बजारमा खरिद गरेर घट्दो बजारमा बिक्री गर्छन्। त्यसैले बजारबाट कमाउनेभन्दा गुमाउनेको संख्या धेरै हुन्छ। लिन्चका अनुसार छोटो अवधिका लागि सेयर बजारको भविष्यवाणी गरेर लगानी गर्नु लाभदायी हुँदैन। त्यसैले सेयर बजारमा लगानीकर्ता सफल हुन्छन् कि असफल ? भन्ने कुराको मापन लगानीकर्ताको धैर्य क्षमताले गर्न सकिन्छ।  

३. बजारमा लगानी गर्दा खोज र अनुसन्धान गरेरमात्र लगानी गर्नुपर्छ  

सेयर बजारमा लगानी गर्दा धेरैजसो लगानीकर्ताले अरूको कुरा सुनेर लगानी गर्छन्। नेपालमा पनि सामाजिक सञ्जालमा गरिएको हल्लाको पछि लागेर सेयर खरिद गर्नेको संख्या धेरै छ। जसले गर्दा धेरै लगानीकर्ताले पनि बढ्दो बजारमा घाटा बेहोर्नुपरेको छ। लिन्चका अनुसार कम्पनीको रिपोर्ट, कुल पुँजी, नाफा–घाटा, कम्पनीका सञ्चालकबारे अध्ययन गरेर लगानी गर्दा बजारबाट राम्रो मुनाफा कमाउन सकिन्छ। लिन्चका अनुसार कम्पनीको आयस्रोत, वित्तीय अवस्था, प्रतिस्पर्धी, विस्तारको योजनाहरू साथै अन्य कुरामा गृहकार्य नगरी कुनै पनि कम्पनीमा लगानी गर्नुहुँदैन।

४. बजार अध्ययन गरेर आफूले बुझेको कम्पनीमा मात्र लगानी गर्नुपर्छ

सेयर बजारमा लगानी गर्दा अध्ययन गरेर आफूले बुझेको कम्पनीमा मात्र लगानी गर्नुपर्छ। बजारमा धेरै सेक्टरका कम्पनीहरू हुन्छन्। नेपालमा पनि बैंकिङ, होटेल, हाइड्रो, बीमालगायत अन्य थुप्रै सेक्टरहरू छन्। आफूले बुझेको कम्पनी भनेको कस्तो कम्पनी हो त ? यदि लगानीकर्ताले कुनै बैंकमा लगानी गर्दै हुनुहुन्छ भने कम्पनीमा लगानी गर्दा उक्त कम्पनीका सञ्चालक, कम्पनीको प्रतिस्पर्धी, नाफा, बैंकले ग्राहकलाई कस्तो सेवा दिन्छ लगायत अन्य कुराहरू बुझेरमात्र लगानी गर्नुपर्छ। कुनै पनि कम्पनीमा लगानी गर्नुअघि नै अन्य कम्पनीको सट्टा उक्त कम्पनीमा नै किन लगानी गर्नेरु भन्नेबारे लगानीकर्ता प्रस्ट हुनु पर्छ। त्यसो गर्नाले मात्रै सेयर बजारमा सफल लगानीकर्ता हुन सकिन्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.