सोमबार, असार २,२०८२ 10:57:40
  • सोमबार, असार २,२०८२ 10:57:40
Global IME Bank Limited

एशियाली सेयर बजारहरुमा बहार, अमेरिकामा एकै महिना थपियो ३ लाख बढी रोजगारी

Hyundai Nepal
एशियाली सेयर बजारहरुमा बहार, अमेरिकामा एकै महिना थपियो ३ लाख बढी रोजगारी
Nabil Bank Limited

काठमाण्डौ । सोमबार एशियाली सेयर बजारहरुमा वृद्धि देखिएको छ । विश्वका शीर्ष कम्पनीहरुको आम्दानी प्रतिवेदन र अमेरिकी अर्थतन्त्रको उपभोक्ता मूल्य रिपोर्ट सार्वजनिक भएसँगै एशियाली सेयर बजारमा हरियाली छाएको हो ।  

सोमबार जापानको निक्की२२५ ०.९ प्रतिशतले बढ्दै ३९३४७.०४ विन्दुमा पुग्यो । अष्ट्रेलियाको सिड्नी एस एण्ड पी÷एएसएक्स२०० पनि ०.२ प्रतिशतले बढ्दै ७७८९.१० विन्दुमा पुग्यो ।  

यस्तै दक्षिण कोरियाको कोस्पी पनि ०.३ प्रतिशतले बढेर २७२२.८९ विन्दुमा पुग्यो । हंंङकंङको हाङ सेङ पनि ०.३ प्रतिशतले वृद्धि भए्र १६,७७८.५५ विन्दुको उचाईमा पुग्यो । यो दिन साङघाई कम्पोजिट भने ०.६ प्रतिशत अर्थात ०.६ प्रतिशतले घटेर ३०५०.८० विन्दुमा सीमित बन्यो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

जोखिम सेन्टीमेन्टले बाउन्सब्याक गर्न सक्ने भएपनि यो वृद्धि सीमित मात्रामा देखिने विज्ञले बताएका छन् ।  

गत साता अमेरिकी सरकारले मार्च महिनाको उपभोक्ता मूल्यको प्रतिवेदन सार्वजनिक गरेको थियो । अमेरिकी श्रेमबजारमा रोजगारी बढेकाले यसमा राम्रो सुधार देखिएको थियो ।  मार्च महिनामा अमेरिकामा ३ लाख ३ हजार कामदारले रोजगारी पाएका थिए । जसका कारण उपभोक्ताको खर्च गर्ने क्षमता बढ्नुका साथै व्यवसाय वृद्धिमा समेत सहयोग पुगेको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.