काठमाण्डौ । नेपाली बजारमा आज सुनको भाउ तोलामै ३ हजार ६०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको लागि सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार रुपैयाँ कायम गरिएको छ ।
अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ९७ हजार ६०० रुपैयाँ रहेको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि आज तोलामा १६५ रुपैयाँ घटेर प्रतितोला ४ हजार ७८० रुपैयाँ कायम भएको छ । महासंघका अनुसार अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ९४५ रुपैयाँ रहेको थियो ।

