काठमाण्डौ । विदेशी विनिमय सञ्चिति ३४ करोड भन्दा बढी पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार फागुन मसान्तसम्म विदेशी विनिमय सञ्चिति २७.५ प्रतिशतले वृद्धि भई रु.३४ खर्ब १३ अर्ब ७७ करोड पुगेको हो ।
२०८२ असार मसान्तमा विदेशी विनिमय सञ्चिति रु.२६ खब ७७ अर्ब ६८ करोड बराबर रहेको थियो ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा रु.२४ खर्ब १४ अर्ब ६४ करोड रहेकोमा २०८२ फागुन मसान्तमा २५.७ प्रतिशतले वृद्धि भई रु.३० खर्ब ३५ अर्ब ११ करोड पुगेको छ ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा रु.२ खर्ब ६३ अर्ब ४ करोड रहेकोमा २०८२ फागुन मसान्तमा ४४.० प्रतिशतले वद्धि भई रु.३ खर्ब ७८ अर्ब ६६ करोड कायम भएको छ । २०८२ फागुन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.० प्रतिशत रहेको छ ।

