काठमाण्डौ । सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानको घेरामा परेका व्यवसायी दीपक भट्टमाथि थप अनुसन्धान गर्न अदालतले १० दिनको म्याद दिएको छ।
बिहीबार न्यायाधीश माधवप्रसाद सुवेदीको इजलासले उनलाई १० दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको हो।
यसअघि चैत १७ गतेदेखि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान सुरु भएसँगै अध्यागमन विभागले भट्टलाई कालोसूचीमा राखेको थियो। साथै, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सोमबार नै अध्यागमन विभागलाई पत्र पठाउँदै उनको पासपोर्ट रोक्का राख्न आग्रह गरेको थियो।
सोही प्रकरणमा प्रहरीले भट्टलाई बिहीबार पक्राउ गरेको जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।