बुधबार, श्रावण १३,२०८३ 02:22:40
Bizshala
  • बुधबार, श्रावण १३,२०८३ 02:22:40
Bizshala
Global IME Bank Limited

ओपेक प्लसद्वारा कच्चा तेलको उत्पादन बढाउने निर्णय

ओपेक प्लसद्वारा कच्चा तेलको उत्पादन बढाउने निर्णय
New Office

काठमाण्डौ । तेल उत्पादक राष्ट्रहरूको समूह ओपेक प्लसले मे महिनाका लागि दैनिक २ लाख ६ हजार ब्यारेल कच्चा तेल उत्पादन वृद्धि गर्ने सहमति जनाएको छ। तर, विश्लेषकहरूका अनुसार यो वृद्धि प्रतीकात्मक मात्र हुने देखिएको छ, किनभने प्रमुख उत्पादक राष्ट्रहरू हाल उत्पादन बढाउन असमर्थ छन्।

अमेरिका–इजरायल र इरानबीच जारी द्वन्द्वका कारण फेब्रुअरी अन्त्यदेखि विश्वकै महत्वपूर्ण तेल मार्ग हर्मुज जलडमरू बन्द भएको छ। यसले साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (यूएई), कुवेत र इराकजस्ता ओपेकं सदस्यहरूको निर्यातमा ठूलो प्रभाव पारेको छ।

आइतबार सम्पन्न भर्चुअल बैठकमा साउदी अरेबिया, रुस, इराक, यूएई, कुवेत, काजाकिस्तान, अल्जेरिया र ओमानलगायत आठ देशले उत्पादन कोटा बढाउने निर्णय गरेका हुन्। समूहले जारी गरेको वक्तव्यमा बजार स्थिरता कायम राख्न अवस्थाको निरन्तर निगरानी गरिने उल्लेख गरिएको छ।

वक्तव्यमा ऊर्जा पूर्वाधारमा भएका आक्रमणप्रति चिन्ता व्यक्त गर्दै क्षतिग्रस्त संरचनाहरू पुनः सञ्चालनमा ल्याउन समय र ठूलो लगानी आवश्यक पर्ने बताइएको छ, जसले समग्र आपूर्तिमा असर पार्नेछ।

उत्पादन वृद्धि घोषणा भए पनि यो बन्द जलडमरूका कारण प्रभावित आपूर्तिको दुई प्रतिशतभन्दा कम मात्र हो। ओपेकं स्रोतहरूले जलमार्ग पुनः सञ्चालनमा आएपछि उत्पादन थप बढाउन तयारी रहेको संकेत दिएका छन्।

द्वन्द्वका कारण कच्चा तेलको मूल्य चार वर्षयताकै उच्च स्तरमा पुगेर प्रतिव्यारेल करिब १२० अमेरिकी डलर नजिक पुगेको छ, जसले इन्धन मूल्यमा समेत वृद्धि गराएको छ।

वित्तीय संस्था जेपी मोर्गानका अनुसार यदि हर्मुज जलडमरूमा अवरोध मे महिनाको मध्यसम्म जारी रह्यो भने तेलको मूल्य प्रतिव्यारेल १५० डलरभन्दा माथि पुग्न सक्ने अनुमान गरिएको छ।

यद्यपि, इरानले केही देशहरूलाई सीमित रूपमा जलमार्ग प्रयोग गर्न अनुमति दिएको छ। आइतबार सार्वजनिक शिपिङ डाटाअनुसार इराकी कच्चा तेल बोकेको एक ट्यांकर उक्त मार्ग हुँदै गुज्रिएको देखिएको छ।

ओमानको विदेश मन्त्रालयले जलमार्ग सञ्चालन सहज बनाउन इरानसँग उपमन्त्रीस्तरीय वार्ता भइरहेको जनाएको छ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि सोमबारसम्म जलडमरूम पुनः खुला नगरिए इरानका नागरिक पूर्वाधारहरू—जस्तै पुल र विद्युत् केन्द्र—लाई लक्षित गरी आक्रमण तीव्र पार्ने चेतावनी दिएका छन्।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.