काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १४८.६७ रुपैयाँ र बिक्रीदर १४९.२७ रुपैयाँ कायम भएको छ ।
यस्तै आज एक यूरोको खरिददर १७१.२२ रुपैयाँ र बिक्रीदर १७१.९१ रुपैयाँ कायम भएको छ । एक पाउण्ड स्टर्लिङको खरिददर १९६.१५ रुपैयाँ र बिक्रीदर १९६.९४ रुपैयाँ निर्धारण भएको छ ।
यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर १०२.४५ रुपैयाँ र बिक्रीदर १०२.८६ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ९.३२ रुपैयाँ र बिक्रीदर ९.३५ रुपैयाँ,एक युएई डिरामको खरिददर ४०.४८ रुपैयाँ र बिक्रीदर ४०.६४ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर २१.६० रुपैयाँ र बिक्रीदर २१.६९ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३६.८८ रुपैयाँ र बिक्रीदर ३७.०३ रुपैयाँ, एक कतारी रियालको खरिददर ४०.७७ रुपैयाँ र बिक्रीदर ४०.९३ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.८४ रुपैयाँ र बिक्रीदर ९.८८ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४८४.३५ रुपैयाँ र बिक्रीदर ४८६.३० रुपैयाँ कायम भएको छ ।

