सोमबार, जेष्ठ ११,२०८३ 12:14:28
Bizshala
  • सोमबार, जेष्ठ ११,२०८३ 12:14:28
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

$150 प्रति ब्यारेल नजिक तेल: विश्व अर्थतन्त्र संकटको संघारमा

Laxmi Sunrise Bank Limited
$150 प्रति ब्यारेल नजिक तेल: विश्व अर्थतन्त्र संकटको संघारमा
Shivam Cement

काठमाण्डौ । Strait of Hormuz को संकटका कारण विश्व बजारमा कच्चा तेलको मूल्य ऐतिहासिक उचाइतर्फ उक्लिएको छ। युरोप र एसियाका रिफाइनरीहरूले केही प्रकारका कच्चा तेलका लागि प्रति ब्यारेल करिब १५० अमेरिकी डलरसम्म तिर्न थालेपछि ऊर्जा बजारमा गम्भीर आपूर्ति संकट देखिएको छ।

अमेरिका–इजरायल र इरानबीचको युद्धका कारण इरानले होर्मुज जलडमरूमध्य प्रभावकारी रूपमा अवरुद्ध गरेपछि मध्यपूर्वबाट दैनिक कम्तीमा १ करोड २० लाख ब्यारेल (विश्व आपूर्तिको करिब १२ प्रतिशत) तेल आपूर्ति ठप्प भएको छ।

Bizshala
New Office
CG Motors

यसको प्रभावस्वरूप, ब्रेन्ट क्रूडको मूल्य गत महिना प्रति ब्यारेल ११९.५० डलरसम्म पुगेको थियो, जुन सन् २०२२ यताकै उच्च हो। तर, तत्काल आपूर्तिको अभावका कारण भौतिक (फिजिकल) तेलको मूल्य भने अझ बढी उक्लिएको छ।

मध्यपूर्वबाट आपूर्ति अवरुद्ध भएपछि युरोप र एसियाका रिफाइनरीहरू वैकल्पिक स्रोततर्फ दौडिएका छन्। यस प्रतिस्पर्धाले अफ्रिका र युरोपबाट आपूर्ति हुने कच्चा तेलको मूल्यसमेत रेकर्ड स्तरमा पुर्‍याएको छ।

उता, बढ्दो सैन्य तनावले अवस्था झन् जटिल बनाएको छ। इजरायली सेनाले लेबनानको टायर (Tyre) र रास नाकुरा (Ras Naqoura) बीचको समुद्री क्षेत्रमा रहेका सबै जहाजहरूलाई तत्काल क्षेत्र खाली गरी उत्तरतर्फ सर्न चेतावनी दिएको छ।

Garima Development Bank
Shivam Cement
IME remit

इजरायलको यो निर्देशनले सो क्षेत्रमा कुनै पनि बेला आक्रमण हुन सक्ने संकेत गरेको छ। इजरायल–हिज्बुल्लाहबीच बढ्दो तनाव र इरानसँगको द्वन्द्वका कारण मध्यपूर्व झन् विस्फोटक अवस्थामा पुगेको छ।

विश्लेषकहरूका अनुसार, ऊर्जा संकट र सैन्य तनाव सँगसँगै चुलिँदा विश्व अर्थतन्त्र, आपूर्ति श्रृंखला र सुरक्षा अवस्थामाथि गम्भीर असर पर्ने खतरा बढ्दै गएको छ।

-BBC/aljazeera

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.