सोमबार, जेष्ठ ११,२०८३ 12:10:44
Bizshala
  • सोमबार, जेष्ठ ११,२०८३ 12:10:44
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

इरानमाथि अमेरिकाले न्यूक्लियर आक्रमण गर्न लागेको हो ? ह्वाइटहाउसभित्र चलेको बहस अन्तराष्टिय सञ्चारमाध्यममा

Laxmi Sunrise Bank Limited
इरानमाथि अमेरिकाले न्यूक्लियर आक्रमण गर्न लागेको हो ? ह्वाइटहाउसभित्र चलेको बहस अन्तराष्टिय सञ्चारमाध्यममा
Shivam Cement

काठमाण्डौ । मध्यपूर्वमा चर्किँदो तनावबीच Donald Trump को कडा चेतावनीपछि अमेरिका इरानमाथि न्यूक्लियर (परमाणु) आक्रमणको तयारीमा रहेको हो कि भन्ने गम्भीर आशंका विश्वभर फैलिएको छ।

ट्रम्पले इरानलाई दिएको ४८ घण्टे अल्टिमेटम सकिन लाग्दा उनले दिएको अभिव्यक्ति झन् आक्रामक बनेको छ। “इरानको सम्पूर्ण सभ्यता आज रात नै नष्ट हुन सक्छ, कहिल्यै फर्केर आउन नसक्ने गरी,” भन्दै उनले सम्भावित विनाशकारी आक्रमणको संकेत गरेका छन्।

Bizshala
New Office
CG Motors

सामाजिक सञ्जाल Truth Social मार्फत ट्रम्पले इरानका पुल, विद्युत गृह र अन्य महत्वपूर्ण पूर्वाधारहरूमा ठूलो हमला गर्ने योजना रहेको बताएका छन्। यसअघि अमेरिका र इजरायलले इरानको खार्ग टापुमा आक्रमण गरिसकेका छन् भने रेलमार्ग र पुलहरूलाई निरन्तर निशाना बनाइरहेका छन्।

सबैभन्दा चासोको विषय भने JD Vance को भनाइ बनेको छ। उनले “हामीसँग एउटा यस्तो औजार छ, जसको अहिलेसम्म प्रयोग गरिएको छैन” भन्दै दिएको संकेतलाई धेरै विश्लेषकहरूले परमाणु हतियारसँग जोडेर हेरेका छन्।

यही अभिव्यक्तिले ह्वाइटहाउसभित्र गम्भीर रणनीतिक बहस भइरहेको संकेत गरेको छ। अमेरिकी प्रणालीअनुसार राष्ट्रपतिले एक्लै पनि परमाणु आक्रमणको आदेश दिन सक्ने भएकाले यस्तो सम्भावनाले थप त्रास बढाएको छ।

यद्यपि, White House ले भने औपचारिक रूपमा न्यूक्लियर आक्रमणको तयारी भइरहेको दाबीलाई अस्वीकार गरेको छ। “कतै पनि परमाणु हमलाको संकेत गरिएको छैन,” ह्वाइटहाउसको स्पष्ट भनाइ छ।

तर, ट्रम्पको आक्रामक भाषा र सैन्य गतिविधि हेर्दा शंका अझै मेटिएको छैन। उनका नजिकका सल्लाहकारहरूबीच पनि परमाणु विकल्प प्रयोग हुने सम्भावनाबारे चिन्ता बढिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

४००० वर्ष पुरानो सभ्यता बोकेको इरान अहिले अमेरिका र इजरायलसँगको तनावको केन्द्रमा छ। इरानले भने अमेरिकी धम्की अस्वीकार गर्दै आवश्यक परे कडा प्रतिकार गर्ने चेतावनी दिएको छ।

Garima Development Bank
Shivam Cement
IME remit

यसबीच, इरानमा रहेका नेपाली तथा भारतीय नागरिकहरूलाई कम्तीमा ४८ घण्टा घरभित्रै बस्न सुझाव दिइएको छ, जसले सम्भावित ठूलो सैन्य कारबाहीको संकेत गर्छ।

विश्लेषकहरूका अनुसार, यदि अवस्था नियन्त्रण बाहिर गयो भने यो केवल क्षेत्रीय द्वन्द्वमा सीमित नरही विश्वव्यापी संकटमा रूपान्तरण हुन सक्छ। अहिलेको संकेतले एउटा ठूलो प्रश्न उठाएको छ: के विश्व वास्तवमै परमाणु युद्धतर्फ अघि बढ्दैछ ?

-(रोयटर्स, अलजजिरा, सिएनबीसीमा प्रकाशित समाचारमा आधारित)

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.