काठमाण्डौ । मोदी इनर्जी लिमिटेडको लकइन अवधि आगामी वैशाख महिनामा सकिने भएको छ । कम्पनीको कुल २ करोड २६ लाख ३० हजार ४६० कित्ता सेयरको लक इन अवधि वैशाख ३० गते समाप्त हुन लागेको हो ।
कुल सेयर संख्यामा संस्थापक सेयर संख्या २ करोड १७ लाख ५० हजार कित्ता, कर्मचारीहरुको सेयर संख्या ७६ हजार ७० कित्ता र स्थानीयहरुको सेयर संख्या ८ लाख ४ हजार ३९० कित्ता रहेको छ ।
कम्पनकिो सञ्चालक तथा उच्च व्यवस्थापकिय पदमा कार्यरत कर्मचारीहरुको हकमा भने यो नियमअनुसार सेयर रोक्का रहने कम्पनीले जनाएको छ ।

