काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ घटेको छ । आज एक अमेरिकी डलरको खरिददर १४७.८४ रुपैयाँ र बिक्रीदर १४८.४४ रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन भने एक अमेरिकी डलरको खरिददर १४८.५२ रुपैयाँ र बिक्रीदर १४९.१२ रुपैयाँ कायम थियो ।
यस्तै आज एक यूरोको खरिददर १७३.०८ रुपैयाँ र बिक्रीदर १७३.७८ रुपैयाँ कायम भएको छ । एक पाउण्ड स्टर्लिङको खरिददर १९९.०९ रुपैयाँ र बिक्रीदर १९९.९० रुपैयाँ निर्धारण भएको छ ।
यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर १०४.२९ रुपैयाँ र बिक्रीदर १०४.७२ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ९.३४ रुपैयाँ र बिक्रीदर ९.३८ रुपैयाँ,एक युएई डिरामको खरिददर ४०.२५ रुपैयाँ र बिक्रीदर ४०.४२ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर २१.६५ रुपैयाँ र बिक्रीदर २१.७३ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३७.१८ रुपैयाँ र बिक्रीदर ३७.३३ रुपैयाँ, एक कतारी रियालको खरिददर ४०.५५ रुपैयाँ र बिक्रीदर ४०.७१ रुपैयाँ, १०० कोरियन वनको खरिददर १०.०२ रुपैयाँ र बिक्रीदर १०.०६ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४८२.३५ रुपैयाँ र बिक्रीदर ४८४.३१ रुपैयाँ कायम भएको छ ।

