बिहीबार, असार २५,२०८३ 08:13:51
Bizshala
  • बिहीबार, असार २५,२०८३ 08:13:51
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

ग्लोबल मनि विकको अवसरमा फोनपेद्वारा देशव्यापी वित्तीय साक्षरता अभियान सञ्चालन

Laxmi Sunrise Bank Limited
ग्लोबल मनि विकको अवसरमा फोनपेद्वारा देशव्यापी वित्तीय साक्षरता अभियान सञ्चालन

काठमाण्डौ । डिजिटल भुक्तानी सेवामा अग्रणी संस्था फोनपेले ग्लोबल मनि विक २०२६ (मार्च 23–29) को अवसरमा देशव्यापी वित्तीय साक्षरता अभियान सफलतापूर्वक सम्पन्न गरेको छ। “Smart Money Talks” को मूल सन्देशलाई केन्द्रमा राख्दै, यस अभियानमार्फत युवापुस्तालाई जिम्मेवार वित्तीय व्यवहार, डिजिटल सुरक्षा तथा स्मार्ट आर्थिक निर्णयका बारेमा सचेत गराइएको थियो।

फोनपेले देशव्यापी रूपमा आफ्नो पहुँच विस्तार गर्दै विभिन्न ६ शहर तथा ४ प्रदेशमा फैलिएको १२ वटा कलेजमा १८ वटा सत्र सञ्चालन गर्दै कुल १,०९० भन्दा बढी विद्यार्थीहरूलाई प्रत्यक्ष रूपमा सहभागी गराएको छ। 

साथै, यस अभियान अन्तर्गत विद्यालय तहमा अझ व्यापक रूपमा पहुँच विस्तार गर्दै ९ शहर र ५ प्रदेशका २८ वटा विद्यालयमा कार्यक्रम सञ्चालन गरिएको थियो। ११ दिनसम्म चलेको यस पहलमार्फत ४,९६१ भन्दा बढी विद्यार्थीहरू लाभान्वित भएका छन्।

New Office
CG Motors
Garima Development Bank

कार्यक्रमहरूमा मनोरञ्जनात्मक तथा शैक्षिक गतिविधिहरू सञ्चालन गरिएका थिए, जसले विद्यार्थीहरूलाई खर्च व्यवस्थापन, बचतको महत्व तथा सही वित्तीय जानकारीको पहिचान गर्न सहयोग पुर्‍यायो। साथै, कलेज तथा विद्यालयस्तरमा प्रस्तुत गरिएका नाटक (dramas) मार्फत दैनिक जीवनमा वित्तीय निर्णयहरूको प्रभावलाई सरल र प्रभावकारी तरिकाले प्रस्तुत गरिएको थियो।

Financial Literacy Student Visit कार्यक्रम

यस अभियान अन्तर्गत विशेष रूपमा Financial Literacy Student Visit कार्यक्रम पनि आयोजना गरिएको थियो, जहाँ ४० भन्दा बढी विद्यार्थीहरूलाई Fonepay को कार्यालयमा आमन्त्रण गरिएको थियो । यस कार्यक्रममा इन्टरएक्टिभ खेलहरू सञ्चालन, डिजिटल भुक्तानी प्रणाली र वित्तीय सुरक्षासम्बन्धी प्रत्यक्ष जानकारी प्रदान, र वास्तविक कार्यस्थल अनुभवमार्फत विद्यार्थीहरूलाई व्यावहारिक ज्ञान प्रदान गरिएको थियो । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

डिजिटल प्लेटफर्ममार्फत व्यापक पहुँच

कार्यक्रमको डिजिटल पक्षमा पनि युवाहरूलाई लक्षित गर्दै फोनपेले आफ्नो आधिकारिक सामाजिक संजालमा विभिन्न सिर्जनात्मक सामग्रीहरू प्रस्तुत गरेको थियो ।

•     वित्तीय साक्षरतासँग सम्बन्धित स्किट (skits) र छोटा भिडियोहरू 

•     ‘Digi Smart Convos’ मार्फत विशेषज्ञहरूद्वारा डिजिटल सचेतना 

•     युवाहरूलाई आकर्षित गर्ने meme-based content 

•     सहभागिता बढाउने quiz अभियानहरू

•     दैनिक जीवनमा उपयोगी Smart Money Tips 

Fonepay ले यस्ता अभियानहरू मार्फत वित्तीय साक्षरता अभिवृद्धि गर्नुका साथै डिजिटल अर्थतन्त्रलाई अझ सुरक्षित, समावेशी र जिम्मेवार बनाउन प्रतिबद्ध रहेको जनाएको छ । “आजको सचेत निर्णयले भोलिको सुरक्षित भविष्य निर्माण गर्छ,” भन्ने सन्देशसहित, संस्थाले आगामी दिनहरूमा पनि यस्ता शिक्षामूलक पहलहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.