आईतवार, फाल्गुन ११,२०८१ 11:23:00
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 11:23:00
IME remit
Global IME Bank Limited

भारतको सेयर बजार २० वर्षमा ५ हजार विन्दुबाट ७५ हजार विन्दुमा,न मन्दीले सुस्तायो न कोरोनाले कमजोर

Hyundai Nepal
भारतको सेयर बजार २० वर्षमा ५ हजार विन्दुबाट ७५ हजार विन्दुमा,न मन्दीले सुस्तायो न कोरोनाले कमजोर
Nabil Bank Limited

काठमाण्डौ । नेपालको सेयर बजारको रौनक हराएको वर्तमान अवस्थामा छिमेकी राष्ट्र भारतको सेयर बजारमा भने बहार आईरहेको छ । भारतको सेयर बजारले लगातार नयाँ–नयाँ उचाई चुमिरहेको छ । मंगलबार ३० वटा कम्पनीको कारोबार हुने बम्बे स्टक एक्सचेञ्जको सेन्सेक्स इन्डेक्स पहिलोपटक ७५ हजार विन्दुको आँकडा पार गरेको छ ।  

भारतको सेन्सेक्सको यात्रामा नजर डुलाउने हो भने,आज भन्दा २० वर्ष अघि अर्थात २००४ मा यो केवल ५ हजार विन्दु नजिक थियो । जुन मंगलबार पहिलोपटक ७५ हजार विन्दुमा पुगेको छ ।  

यस क्रममा भारतको सेयर बजारले सन् २००८ को विश्व आर्थिक मन्दी र २०२०–२१ को कोरोना महामारीको प्रभावको पनि सामना गरेको थियो । तर यी सबै अवरोधहरुका बाबजुत पनि भारतको सेयर बजारले नयाँ उचाईहरु हासिल गरिरहेको छ ।  

सन् २००४ मा सेन्सेक्स इन्डेक्स ५ हजार विन्दु नजिक थियो । तर सन् २००६ को फेब्रअरीमा योे १० हजार विन्दुमा पुगेको थियो । यसको एक वर्षपछि अर्थात सन् २००७ को अन्त्यमा सेन्सेक्स इ्रन्डेक्स २० हजार विन्दुसम्म पुगेको थियो । तर यसपछि भने सेन्सेक्सको गतिमा केहि सुस्तता आयो र २०–३० हजारको विन्दुमा लामो समयसम्म चलिरह्यो । ७ वर्षपछि केन्द्र सत्तामा नरेन्द्र मोदीको सरकार आउँदा सेन्सेक्स २५ हजार विन्दु नजिक थियो ।  

सन् २०१४ मा २५ हजारको विन्दुबाट अघि बढ्न सुरु गरेको सेन्सेक्स सन् २०१७ को अप्रिलसम्म आईपुग्दा ३० हजार विन्दुमा पुगेको थियो । यसपछि सन् २०१९ को सुरुवातमा १० हजार अंकको बढोत्तरीका साथ सेन्सेक्स ४० हजार विन्दुमा पुगेको थियो ।  

सन् २०२१ फेब्रुअरी महिनामा सेन्सेक्स पहिलोपटक ५० हजार विन्दु पार पुगेको थियो । यसपछि त यो केवल १५८ दिनमा अर्थात २४ डिसेम्बर २०२१ मा पहिलोपटक ६० हजारको विन्दुमा पुगेको थियो ।  

६० हजारको विन्दुबाट बढेर ७० हजारसम्म पुग्न सेन्सेक्सलाई ५४८ कारोबार दिनको समय लागेको थियो । भारतीय सेयर बजारका विश्लेषकहरुले अब सेन्सेक्स चाडै नै ८० हजारको विन्दुमा पुग्ने अनुमान गरेका छन् ।  

Shivam Cement
CG Motors
Sagarmatha Cement

सन् २००८ को विश्व आर्थिक मन्दीको क्रममा भारतको सेयर बजार सबेभन्दा बढी प्रभावित बनेको थियो । त्यसबेला सन् २००७  जनवरीमा सेन्सेक्स २०३२५ विन्दुमा थियो । तर सन् २००८ को डिसेम्बरमा यो ९६४७ विन्दुमा झरेको थियो ।  

सेन्सेक्ससँगै भारतको निफ्टी५० ले पनि मंगलबार नयाँ रेकर्ड राखेको छ । निफ्टी पहिलोपटक २२,७६५.१० को उचाईमा पुगेको छ ।  

भारतमा भारतीय जनता पार्टी(बिजेपी)को सरकार आउने विश्वासका साथ लगानीकर्ताको मनोबल उच्च भएकाले सेयर बजार वृद्धि भईरहेको भारतीय मिडियाले बताएका छन् ।  

यसका साथै विदेशी लगानीकर्ताले समेत भारतीय बजारमा लगानी बढाएकाले त्यहाँको सेयर बजार बढ्न पुगेको हो । पछिल्लो सेसनमा भारतीय बजारमा विदेशी लगानीकर्ताले १ हजार ६५९।२७ करोड भारु लगानी गरेका छन् । जसले मार्केटको सेन्टिमेन्ट सकारात्मक बनेको छ ।  

त्यस्तै अमेरिकी केन्द्रीय बैंक फेटले मार्च महिनामा ब्याजदरमा कटौती गर्ने सम्भावना बढी भएकाले समेत भारतको सेयर बजारमा वृद्धि देखिएको रिपोर्टमा उल्लेख गरिएको छ ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.