काठमाण्डौ । रिडी पावर कम्पनी लिमिटेडले ११ लाख कित्ता बढी अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको छ । कम्पनीले १ः०.५० अनुपातमा बिक्री खुला गरी आवेदन माग गरेकोमा आवेदन नपरेको ११ लाख ३५ हजार ६५७ कित्ता अवितरित हकप्रद सेयर आजदेखि लिलामीमातर्फ बिक्रीमा राखेको हो।
यो सेयर खरिदका लागि जो सुकै व्यक्ति,कम्पनी वा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
लगानीकर्ताले मुक्तिनाथ बैंकको प्रधान कार्यालय र शाखा कार्यालयहरु भक्तपुर ठिमी,कुमारीपाटी,विर्तामोड,वीरगंज,जनकपुर,हेटौडा,नारायणगढ,पोखरा,बाग्लुङ,बेनी,बुटवल घोराही,नेपालगंज,सुर्खेत,धनगढी र महेन्द्रनगरका शाखा कार्यायहरुबाट बोलपत्र आवेदन पेश गर्नुपर्नेछ ।
बोलपत्र आवेदन पेश गर्ने अन्तिम मिति आगामी वैशाख ९ गते रहेको छ ।