मंगलवार, कार्तिक ३,२०८३ 06:38:23
  • मंगलवार, कार्तिक ३,२०८३ 06:38:23
Global IME Bank Limited

भारतद्वारा तेल ढुवानीका लागि बीमा सुनिश्चित गर्न रुसी बीमा कम्पनीहरूको दायरा विस्तार

Bizshala
भारतद्वारा तेल ढुवानीका लागि बीमा सुनिश्चित गर्न रुसी बीमा कम्पनीहरूको दायरा विस्तार
New Office

काठमाण्डौ । भारतले आफ्नो बन्दरगाहमा आउने जहाजहरूलाई समुद्री बीमा उपलब्ध गराउन अनुमति पाएका रुसी बीमा कम्पनीहरूको संख्या ८ बाट बढाएर ११ पुर्‍याएको छ। यो जानकारी भारतको डाइरोटेक्रेट जनरल अफ सिपिङको हवाला दिँदै रोयटर्सले जनाएको हो।

नयाँ स्वीकृति प्राप्त कम्पनीहरूमा गाजप्रोम इन्स्योरेन्स र रोसगोस्ट्राक इन्स्योरेन्स समावेश छन्। यी कम्पनीहरूले अब प्रोटेक्सन एण्ड इन्डेम्निटी(पी एण्ड आई) बीमा प्रदान गर्न सक्नेछन्, जसको अनुमति १९ फेब्रुअरी २०२७ सम्म मान्य रहनेछ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

त्यस्तै, ब्यालेन्स इन्स्योरेन्सको दर्ता १९ अगस्ट २०२६ सम्म वैध रहनेछ।

भारतले पहिले नै अनुमति दिएका चार कम्पनीहरूको समयावधि पनि विस्तार गरेको छ। यी कम्पनीहरूले अब २० फेब्रुअरी २०२७ सम्म पी एण्ड आई बीमा सेवा प्रदान गर्न पाउनेछन्।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

पी एण्ड आई बीमा समुद्री व्यापारका लागि अत्यन्त महत्वपूर्ण मानिन्छ। यसले जहाज सञ्चालनसँग सम्बन्धित दायित्वहरू—जस्तै वातावरणीय क्षति, चालक दलको चोटपटक, तथा अन्य जोखिमहरूलाई कभर गर्छ।

भारत विश्वकै तेस्रो ठूलो तेल आयातकर्ता तथा उपभोक्ता राष्ट्र हो। हाल उसले आफ्नो ऊर्जा आवश्यकताका लागि रुसी कच्चा तेलमा ठूलो निर्भरता कायम राखिरहेको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.