सोमबार, बैशाख १४,२०८३ 09:00:33
Bizshala
  • सोमबार, बैशाख १४,२०८३ 09:00:33
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नयाँ बैंक लाइसेन्स खुल्ने संकेत: डिजिटल बैंकमार्फत वित्तीय क्षेत्र ‘रिबुट’ गर्ने सरकारको योजना

Bizshala
नयाँ बैंक लाइसेन्स खुल्ने संकेत: डिजिटल बैंकमार्फत वित्तीय क्षेत्र ‘रिबुट’ गर्ने सरकारको योजना
Shivam Cement

काठमाण्डौ । बालेन शाह नेतृत्वको नयाँ सरकारले लामो समयदेखि रोकिएको बैंक तथा वित्तीय संस्थाको इजाजत (लाइसेन्स) खुलाउने संकेत दिएको छ । 

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थतन्त्रसम्बन्धी श्वेतपत्र सार्वजनिक गर्दै वित्तीय क्षेत्रलाई थप गतिशील र प्रतिस्पर्धी बनाउन डिजिटल बैंकजस्ता प्रविधिमैत्री संस्थाको आवश्यकता औंल्याएका छन् ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

श्वेतपत्रको ४६ नम्बर बुँदामा विगत एक दशकदेखि वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूको नयाँ इजाजत रोकिएको विषय उल्लेख गर्दै अब नयाँ संरचनामा प्रवेश गराउने संकेत गरिएको हो । ‘वित्तीय क्षेत्रलाई प्रतिस्पर्धी र प्रभावकारी बनाउन डिजिटल बैंक आवश्यक छन्,’ अर्थमन्त्रीको भनाइ छ ।

सरकारको यो संकेत वित्तीय क्षेत्रभित्र देखिएको संरचनागत समस्यासँग प्रत्यक्ष जोडिएको छ । पछिल्लो दशकमा निजी क्षेत्रमा प्रवाहित कर्जा उल्लेख्य रूपमा बढे पनि पछिल्ला वर्षहरूमा कर्जा विस्तार सुस्ताएको छ । आर्थिक वर्ष २०७९/८० मा निजी क्षेत्रमा कर्जा वृद्धि ८.५ प्रतिशतमा सीमित हुँदा त्यसअघिका वर्षहरूमा यो दर १७ प्रतिशतभन्दा माथि थियो । उच्च ब्याजदर, घट्दो व्यावसायिक मनोबल र जग्गा कारोबारमा आएको मन्दीले कर्जा माग कमजोर बनेको विश्लेषण गरिएको छ ।

त्यसैगरी, बैंकिङ प्रणालीमा लगानीयोग्य तरलता (लिक्विडिटी) बढी भए पनि कर्जा प्रवाह कम हुँदा ‘फन्ड पार्किङ’ समस्या देखिएको छ । नेपाल राष्ट्र बैंकमा बैंक तथा वित्तीय संस्थाले राख्ने तरलता २०८२ असारसम्म ५ खर्ब ५४ अर्ब नाघेको तथ्यले वित्तीय स्रोत उपयोगमा चुनौती देखाउँछ ।

CG Motors
Garima Development Bank
IME remit

ब्याजदरमा आएको उतारचढाव पनि अर्को चिन्ताको विषय बनेको छ । निक्षेप र कर्जाको ब्याजदर दुवैमा उल्लेख्य घटबढ हुँदा लगानीकर्ताको निर्णय प्रभावित भएको छ । न्यून ब्याजदरका कारण बचतकर्ताले प्रतिफल कम पाउँदा वैकल्पिक लगानीतर्फ आकर्षण बढेको देखिन्छ ।

त्यस्तै, निष्क्रिय कर्जा (NPL) अनुपात पनि बढ्दो क्रममा छ । २०७९ असारमा ३.३३ प्रतिशत रहेको यस्तो कर्जा २०८२ माघसम्म ५.९३ प्रतिशत पुगेको छ, जुन वित्तीय स्थायित्वका लागि चेतावनी संकेत मानिन्छ ।

यता, वित्तीय संस्थाको संख्या घट्दै गएको छ । मर्जर तथा एक्विजिसनका कारण २०७९ असारमा १७८ रहेको बैंक तथा वित्तीय संस्थाको संख्या २०८२ फागुनमा १०८ मा झरेको छ । संरचनात्मक सुदृढीकरण भए पनि प्रतिस्पर्धा र नवप्रवर्तनमा कमी आएको भन्दै नयाँ प्रकारका संस्थाको आवश्यकता औंल्याइएको हो ।

वित्तीय पहुँच विस्तार भए पनि कर्जामा पहुँच अझै सीमित देखिएको छ । बैंक शाखा र डिजिटल सेवाको विस्तारले वित्तीय साक्षरता र पहुँच बढाएको भए पनि उत्पादनमूलक क्षेत्रमा कर्जा प्रवाह अपेक्षित रूपमा बढ्न सकेको छैन ।

लघुवित्त क्षेत्रमा पनि चुनौती देखिएका छन् । सञ्चालन खर्च उच्च हुनु, निष्क्रिय कर्जा बढ्नु र सामाजिक बैंकिङको प्रभाव कमजोर हुनुले यस क्षेत्र सुधारको माग बढाएको छ ।

डिजिटल भुक्तानी प्रणाली भने तीव्र रूपमा विस्तार भएको छ । मोबाइल बैंकिङ, क्यूआर कोड र विद्युतीय कारोबारमा उल्लेख्य वृद्धि भए पनि नगदमा आधारित कारोबार पूर्ण रूपमा घट्न सकेको छैन ।

बीमा क्षेत्रको दायरा पनि विस्तार भए तापनि संस्थागत क्षमता कमजोर रहेको श्वेतपत्रले देखाएको छ । बीमा पहुँच बढे पनि जोखिम व्यवस्थापन र सेवा गुणस्तरमा सुधार आवश्यक रहेको उल्लेख छ ।

त्यस्तै, सहकारी क्षेत्रको नियमन र पारदर्शितामा कमजोरी देखिएको छ भने पूँजी बजार अझै सानो दायरामै सीमित रहेको छ । दोस्रो बजारलाई स्थिर, पारदर्शी र विश्वसनीय बनाउन नीतिगत सुधार आवश्यक रहेको सरकारको निष्कर्ष छ ।

यी सबै चुनौतीबीच सरकारले अब वित्तीय क्षेत्रलाई नयाँ ढंगले पुनर्संरचना गर्ने संकेत दिएको छ । डिजिटल बैंकजस्ता नयाँ मोडल ल्याएर प्रतिस्पर्धा बढाउने, प्रविधि प्रयोग विस्तार गर्ने र लगानीलाई उत्पादनमूलक क्षेत्रमा मोड्ने रणनीति अघि सारिएको छ ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X