बिहीबार, आश्विन १,२०८३ 03:01:04
Bizshala
  • बिहीबार, आश्विन १,२०८३ 03:01:05
Bizshala
Global IME Bank Limited

किंगलङ्गको नयाँ १६ सिटर सार्वजनिक, मूल्य कति ?

किंगलङ्गको नयाँ १६ सिटर सार्वजनिक, मूल्य कति ?
New Office

काठमाण्डौ । सीजी मोटर्सले अत्याधुनिक प्रविधि र दमदार प्रदर्शनसहितको किंगलङ्ग १६ सिटर इलेक्ट्रिक भ्यान औपचारिक रूपमा सार्वजनिक गरेको छ। यस नयाँ मोडेलले नेपालको व्यवसायिक विद्युतीय सवारी क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्ने अपेक्षा गरिएको छ।

लन्च कार्यक्रमका प्रमुख अतिथि वडा नं. ३ का वडा अध्यक्ष प्रेम थापाले रिबन काटेर कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए । यस १६ सिटर भ्यानको मुख्य विशेषता यसको ७५.४१ kWh ब्लेड ब्याट्री हो, जुन यस सेग्मेन्टमै पहिलो हो। यो ब्याट्रीले उच्च सुरक्षा, लामो आयु र उत्कृष्ट रेञ्ज प्रदान गर्दै दैनिक सञ्चालनलाई अझ विश्वसनीय बनाउँछ।

Shivam Cement
Bizshala
CG Motors

यससँगै १२० किलोवाटको शक्तिशाली मोटरले सशक्त परफर्मेन्स सुनिश्चित गर्छ भने आरामदायी र फराकिलो इन्टेरियरले यात्रुहरूको यात्रा अनुभवलाई अझ सहज र सुखद बनाउँछ।

King Long सन् १९८८ मा चीनको सियामेनमा स्थापना भएको बस तथा कमर्शियल भेहिकल निर्माता कम्पनी हो। तीन दशकभन्दा लामो अनुभवसहित कम्पनीले बस, कोचर कमर्शियल भ्यान निर्माणमा विश्वबजारमा आफ्नो उपस्थिति बलियो बनाउँदै आएको छ।

Muktinath Bikas Bank Limited

सीजी मोटर्सका अनुसार यो सवारी नेपालमा बढ्दो इको–फ्रेन्डली, सुरक्षित, उच्च क्षमता र किफायती यातायात समाधानको आवश्यकतालाई ध्यानमा राखेर ल्याइएको हो। 

नेपालभर किंगलङ्गले हालसम्म ५,०००+ युनिट बिक्री, २६०+ चार्जिङ स्टेशन, २०+ सर्भिस स्टेशन र १४ डिलर नेटवर्कमार्फत ग्राहकहरूलाई सेवा दिँदै आएको छ।

नयाँ किंगलङ्ग १६ सिटर रु. ७२,५०,००० को प्रारम्भिक मूल्यमा उपलब्ध छ, जसले यातायात व्यवसायी र फ्लीट अपरेटरहरूका लागि आकर्षक विकल्प प्रस्तुत गर्छ।

Global IME Bank Limited
Nabil Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.