काठमाण्डौ । शिवश्री हाइड्रोपावर लिमिटेडको सञ्चालक समितिमा प्रतिनिधि सञ्चालक परिवर्तन गरिएको छ। कम्पनीमा वैदिक हाइड्रो इन्भेष्टमेन्ट कम्पनी प्रालिको तर्फबाट प्रतिनिधि सञ्चालकको रूपमा कार्यरत रहेका मन्दिप खनालको स्थानमा अब लक्ष्मी नारायण चौधरी नियुक्त भएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार उक्त परिवर्तनसँगै चौधरीले प्रतिनिधि सञ्चालकको रूपमा आफ्नो जिम्मेवारी सम्हाल्नेछन्।

