काठमाण्डौ । हिमालयन रि इन्स्योरेन्सले आईपीओ जारी गर्दा गैरकानूनी ढंगले प्रिमियम उठाएको विषयमा अदालतमा परेको मुद्दाको सुनुवाई पुनः सरेको छ । सर्वोच्च अदालतमा परेको मुद्दाको सुनावाइ अब असोज ७ गते मात्रै हुने छ । तर विशेष अदालतमा परेको मुद्दाको विषमा भने वैशाख ७ गते दुबै पक्षलाई बोलाइएको छ । उक्त दिन विशेष अदालतले नयाँ पेशी तोक्ने छ ।
विद्यमान बीमा ऐनको दफा २५ को उपदफा ५ अनुसार बीमा कम्पनीको सेयर निष्कासन अंकितमूल्य एक सय रुपैयाँमा नै हुने प्रष्ट नियम रहेको रिट निबेदकहरुको दाबी छ ।
रिटमा पूँजीबजारको नियामक नेपाल धितोपत्र बोर्ड, धितोपत्र बोर्डको सञ्चालक समिति, बोर्डका अध्यक्ष रमेशकुमार हमाल तथा बीमा कम्पनीहरुको नियामक नेपाल बीमा प्राधकिरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल र प्राधिकरणको सञ्चालक समितिलाई समेत विपक्षी बनाइएको छ ।
कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित दरमा १०६ रुपैयाँ प्रिमियम जोडेर प्रतिसेयर २०६ रुपैयाँको दरले २ करोड ४९ लाख कित्ता आईपीओ सर्वसाधारणका लागि बिक्री खुलाएको हो । यो कम्पनीले बीमा एैन विपरित प्रिमियमा सेयर निष्कासन गरेको भन्दै लगानीकर्ताहरुले विशेष अदालत र सर्वोच्च अदालनमा मुद्दा हालेका थिए ।