काठमाण्डौ । माथिल्लो मैलुङ खोला जलविद्युत कम्पनीका लिमिटेडको नाफामा उछाल आएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म ८ करोड ४६ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ ।
यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ३४५ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले १ करोड ९० लाख रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।
यस्तै कम्पनीको विद्युत बिक्री आम्दानी पनि बढेको छ । अघिल्लो आवमा २८ करोड ९४ लाख रुपैयाँ रहेको कम्पनीको विद्युत बिक्री आम्दानी ३२ करोड ७४ लाख पुगेको छ । कम्पनीले यो अवधिमा १६ लाख ७९ हजार रुपैयाँबराबरको वित्त आम्दानी गरेको छ ।
यस्तै कम्पनीको वित्त खर्च १३ करोड १७ लाखबाट घटेर १० करोड ४१ लाखमा सीमित बनेको छ । कम्पनीको रिटेन्ड अर्निङ भने २ करोड १७ लाख रुपैयाँले ऋणात्मक रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस)८.४६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ९७.७८ रुपैयाँ र तरलता अनुपात ४.३७ प्रतिशत कायम भएको छ ।

