काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(चैत ३० गते) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३२.८० रुपैयाँ र बिक्रीदर १३३.४० रुपैयाँ कायम भएको छ ।
त्यस्तै आज एक यूरोको खरिददर १४२.५३ रुपैयाँ र बिक्रीदर १४३.१७ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६६.५३ रुपैयाँ र बिक्रीदर १६७.२८ रुपैयाँ कायम भएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८६.६५ रुपैयाँ र बिक्रीदर ८७.०४ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ८.६८ रुपैयाँ र बिक्रीदर ८.७२ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.१६ रुपैयाँ र बिक्रीदर ३६.३३ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.३५ रुपैयाँ र बिक्रीदर १८.४३ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर २७.९७ रुपैयाँ र बिक्रीदर २८.१० रुपैयाँ एक कतारी रियालको खरिददर ३६.४१ रुपैयाँ र बिक्रीदर ३६.५७ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३१.२७ रुपैयाँ र बिक्रीदर ४३३.२२ रुपैयाँ कायम भएको छ ।