काठमाण्डौ । सोमबार सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ३४.६३ अंकले घटेर २७०४ विन्दुमा कायम भएको छ ।
नेप्सेमा सूचीकृत ३४१ कम्पनीको १ करोड ७४ हजार ५२४ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २६ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
आज बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा समूह ०.४९ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा समूहह ०.९३ प्रतिशतले घटेको छ ।
आज ४ बीमा कम्पनीको मात्रै सेयरभाउ बढेको छ । सर्वाधिक कमाउनेमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ २.२६ प्रतिशतले बढेर १३०८.९० रुपैयाँ पुगेको छ ।
त्यस्तै, नेपाल लाइफको ०.०१ प्रतिशत, सूर्यज्योति लाइफको ०.०९ प्रतिशत र हिमालयन एभरेष्टको ०.५८ प्रतिशतले घटेको छ ।
सर्वाधिक गुमाउनेमा भने क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ४.३३ प्रतिशतले घटेर १०६४ रुपैयाँ कायम भएको छ ।
त्यस्तै, एशियन लाइफको ०.७३ प्रतिशत, सिटिजन लाइफको ०.५७ प्रतिशत, हिमालयन लाइफको १.०३ प्रतिशत, आइएमई लाइफको ०.५८ प्रतिशत, एलआइसी नेपालको ०.०१ प्रतिशत, नेशनल लाइफको ०.७८ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.६३ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.८७ प्रतिशत, सन नेपाल लाइफको १.२२ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.५१ प्रतिशत, हिमालयन रि को १.६५ प्रतिशत र नेपाल रि को ०.८२ प्रतिशतले घटेको छ ।
यसका साथै आइजीआई प्रुडेन्सियलको १.०३ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.४४ प्रतिशत, नेको इन्स्योरेन्सको १.४५ प्रतिशत, एनएलजीको २.५२ प्रतिशत, नेपाल माइक्रो इन्स्योरेन्सको १.४९ प्रतिशत, प्रभुको १.४८ प्रतिशत, आरबीसीएलको ०.०२ प्रतिशत, सलिकोको १.२० प्रतिशत, सानिमा जिआइसीको १.७६ प्रतिशत, शिखरको १.०४ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.९७ प्रतिशत र युनाइटेड अजोडको १.०७ प्रतिशतले घटेको छ ।

