काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(वैशाख २ गते) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.१७ रुपैयाँ र बिक्रीदर १३३.७७ रुपैयाँ कायम भएको छ ।
त्यस्तै आज एक यूरोको खरिददर १४१.९२ रुपैयाँ र बिक्रीदर १४२.५६ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६६.१२ रुपैयाँ र बिक्रीदर १६६.८७ रुपैयाँ कायम भएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८६.४८ रुपैयाँ र बिक्रीदर ८६.८७ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ८.६९ रुपैयाँ र बिक्रीदर ८.७३ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.२६ रुपैयाँ र बिक्रीदर ३६.४३ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.४० रुपैयाँ र बिक्रीदर १८.४८ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर २७.९२ रुपैयाँ र बिक्रीदर २८.०४ रुपैयाँ एक कतारी रियालको खरिददर ३६.५१ रुपैयाँ र बिक्रीदर ३६.६७ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३२.१९ रुपैयाँ र बिक्रीदर ४३४.१३ रुपैयाँ कायम भएको छ ।