मंगलवार, आश्विन १३,२०८३ 08:32:36
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 08:32:36
Bizshala
Global IME Bank Limited

बेनी हाईड्रोपावर प्रोजेक्टको आईपीओ बाँडफाँड

Bizshala
बेनी हाईड्रोपावर प्रोजेक्टको आईपीओ बाँडफाँड
New Office

काठमाण्डौ । बेनी हाईड्रोपावर प्रोजेक्ट लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि जारी गरेको आईपीओ बाँडफाँड भएको छ । उक्त आईपीओ बाँडफाँड बिक्री प्रबन्धक एनएमबि क्यापिटलको बालुवाटारस्थित कार्यालयमा बिहान ९ बजे भएको हो ।

कम्पनीले गत चैत १ गतेदेखि १५ गतेसम्म आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि कुल १० लाख ४० हजार कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये अति प्रभावित क्षेत्रका स्थानियका लागि ५ लाख २० हजार कित्ता, मध्यम प्रभावित क्षेत्रका लागि ३ लाख १२ हजार कित्ता र कम प्रभावित क्षेत्रका लागि २ लाख ८ हजार कित्ता जारी गरिएको थियो ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

बिक्री प्रबन्धकमा अनुसार अति प्रभावित क्षेत्रका बासिन्दाले ९ लाख ८४ हजार ७२० कित्ता, मध्यम प्रभावित क्षेत्रका बासिन्दाले ९ लाख ४ हजार ४ सय कित्ता र कम प्रभावित क्षेत्रका स्थानियले १२ लाख ४१ हजार ७० कित्ता सेयरका लागि खरिद आवेदन दिएका छन् ।  

यसमध्ये अति प्रभावित क्षेत्रको २ हजार ८३९ आवेदन, मध्यम प्रभावितको ६ हजार ३४९ र कम प्रभावितको २१ हजार ९४८ आवेदन सदर भएको छ ।

यस्तो छ बाँडफाँडको विवरण :

 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.