काठमाण्डौ । व्यवसायी शेखर गोल्छा रिहाईपश्चात् नियमित काममा फर्किएका छन् । काठमाण्डौ जिल्ला अदालतले गत मंगलबार हिरासत म्याद थप गर्न अस्वीकारण गरेपछि गोल्छा रिहा भएका थिए ।
रिहाईपश्चात् उनी नियमित काममा फर्किएका हुन् । हिमालयन रि इन्स्योरेन्स कम्पनीका पूर्वाध्यक्ष गोल्छालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले वैशाख १० गते काठमाण्डौको नक्सालबाट पक्राउ गरेको थियो ।
उनीविरुद्धको मुद्दामा अदालतले १२ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गरेका थिए । गोल्छाले शुक्रबार सामाजिक सञ्जालमा ‘ब्याक टु वर्क’ भनेर जानकारी गराएका हुन् ।
नियमित काममा फर्किएका उनलाई सेयर लगानीकर्तासहित व्यवसायीहरुले शुभकामना दिदै युवाहरुको रोल मोडल बन्न सुझाव समेत दिएका छन् ।

