काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडको आम्दानी र ईपीएस दुवै वृद्धि भएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म आफ्नो प्रतिसेयर आम्दानी ७.२६ रुपैयाँबाट बढाएर १०.४९ रुपैयाँ पुर्याएको छ ।
कम्पनीको विद्युत बिक्री आम्दानी समेत १२ करोड १३ लाख रुपैयाँबाट बढेर १३ करोड ४ लाख रुपैयाँ पुगेको छ । बिक्री आम्दानी बढेसँगै कम्पनीको नाफा पनि बढेको छ । कम्पनीले ६ करोड २९ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १८५.२६ प्रतिशतले बढी हो ।
कम्पनीको वित्त खर्चमा गिरावट आएको छ । अघिल्लो आवमा ५ करोड ६० लाख रुपैयाँ रहेको कम्पनीको वित्त खर्च घटेर २ करोड २३ लाखमा सीमित बनेको छ ।
कम्पनीको प्रशासनिक खर्च ३६ लाख ३५ हजार र ह्रासकट्टी खर्च ४ लाख ७० हजार रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १००.४५ रुपैयाँ, पीई रेसियो ३५.२७ गुणा र तरलता अनुपात २.३६ प्रतिशत कायम भएको छ ।

