शुक्रबार, श्रावण १,२०८३ 10:17:01
Bizshala
  • शुक्रबार, श्रावण १,२०८३ 10:17:01
Bizshala
Global IME Bank Limited

फोटोन नेपालद्वारा काठमाण्डौमा कस्टमर मिट एण्ड ग्रिटको आयोजना

फोटोन नेपालद्वारा काठमाण्डौमा कस्टमर मिट एण्ड ग्रिटको आयोजना
New Office

काठमाण्डौ । एमएडब्लू वृद्धि अन्तर्गतको फोटोन मोटर नेपालले २५ वैशाख २०८३ मा ललितपुरको बालकुमारीस्थित कान्तिपुर गार्डेन्समा कस्टमर मिट एण्ड ग्रिट कार्यक्रम आयोजना गरेको छ। यो कार्यक्रम काठमाण्डौ उपत्यकाभरिका विद्यमान ग्राहक, सम्भावित खरिदकर्ता, फ्लीट संचालक, व्यवसायिक अपरेटर तथा प्रमुख सरोकारवालाहरूलाई एकै ठाउँमा ल्याएर उनीहरूको अनुभव र अपेक्षाबारे खुला र अर्थपूर्ण छलफल गर्ने उद्देश्यले आयोजना गरिएको थियो।

कार्यक्रमको मुख्य उद्देश्य ग्राहकहरूको प्रतिक्रिया लिनु रहेको थियो। ग्राहकहरूलाई आफ्ना स्वामित्व अनुभव, सेवा सम्बन्धी आवश्यकता तथा सुझाव एवम् इमान्दार प्रतिक्रियाहरू प्रत्यक्ष रूपमा साझा गर्ने अवसर प्रदान गरिएको थियो। सम्भावित खरिदकर्ताहरूले पनि फोटोनका विभिन्न कमर्सियल सवारी साधनबारे थप जानकारी लिन र फोटोन नेपाल टिमलाई प्रत्यक्ष प्रश्न सोध्ने अवसर पाएका थिए। यस्तो प्रत्यक्ष संवादले बिक्रीपछि पनि ग्राहकसँगको सम्बन्ध निरन्तर रहने फोटोन नेपालको विश्वास छ।

शहरी सामान ढुवानी, स्कुल यातायातदेखि फ्लीट सञ्चालन र व्यवसायिक यात्रासम्म समेट्ने कमर्सियल यातायातका लागि काठमाण्डौ, नेपालकै सबैभन्दा सक्रिय बजारमध्ये एक हो। यस कार्यक्रम मार्फत फोटोन नेपालले काठमाण्डौ, ललितपुर र भक्तपुरका बढ्दो मोबिलिटी आवश्यकताहरूलाई अझ राम्रोसँग बुझ्ने र सेवा प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि गरेको कम्पनीको भनाई छ।

आफ्टर–सेल्स सर्भिस सम्बन्धी विषय नै कार्यक्रमको प्रमुख छलफल बिन्दुहरूमध्ये एक बनेको कम्पनीले जनाएको छ। ग्राहकहरूले सेवाको पहुँच, स्पेयर पार्ट्सको उपलब्धता, मर्मत गुणस्तर तथा प्रतिक्रिया समयबारे आफ्ना विचारहरू व्यक्त गरेका थिए। संकलित प्रतिक्रिया एमएडब्लू वृद्धिले सेवा मापदण्ड सुधार गर्न र ग्राहकको समग्र स्वामित्व अनुभवलाई अझ सहज र भरपर्दो बनाउन प्रयोग गर्नेछ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.