काठमाण्डौ । एभरेष्ट कलर लिमिटेडले श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरेको आईपीओ बाँडफाँड गरेको छ । कम्पनीले गत वैशाख १६ गतेदेखि २२ गतेसम्म वैदेशिक रोजगारीमा रहेकाका लागि ७९ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो ।
धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार कम्पनीको उक्त आईपीओमा १५.०६ गुणा बढी आवेदन परेको छ । उक्त आईपीओमा ११ लाख ८९ हजार ८७० कित्ता सेयर खरिदका लागि कुल ९० हजार ८५५ आवेदन प्राप्त भएको छ । जसमा ११ लाख ८९ हजार ४५० कित्ता सेयर खरिदका लागि परेको ९० हजार ८२० आवेदन सदर भएको छ ।
यस्तै ५ वटा आवेदन भने बदर भएको छ भने स्आिस्वाबाट बदर भएको आवेदकको संख्या ३० रहेको छ ।
कम्पनीको आईपीओमा ७ हजार ९ सय जना आवेदकलाई १० कित्ताका दरले ७९ हजार कित्ता आईपीओ बाँडफाँड भएको छ ।

