काठमाण्डौ । शिवम् सिमेन्टले नेपाली सिमेन्ट जगतमै इतिहास रच्दै सर्वाधिक १३.३१ करोड बोरा ओपीसी सिमेन्ट बिक्री गर्न सफल भएको छ।
अत्याधुनिक प्रविधि र दशकौँको अनुभवका साथ आफ्नै खानीको चुनढुंगाबाट निर्मित उच्चगुणस्तरीय ओपीसी सिमेन्ट उत्पादन गर्दै आफ्ना ग्राहक उपभोक्ताको विश्वास र भरोसा जित्न सफल शिवम् सिमेन्ट सर्वसाधारणको लागि सेयर जारी गर्ने नेपालको पहिलो सिमेन्ट कम्पनी हो।
शिवम् सिमेन्टले ४३ र ५३ ग्रेडमा ओपिसी सिमेन्ट उत्पादन गर्दै आएको छ। कम्पनी ‘एनएस क्वालिटी अवार्ड–२०१९ बाट सम्मानित नेपालकै पहिलो सिमेन्ट कम्पनी पनि हो।
सन् २००३ मा मध्य नेपालको हेटौडा, मकवानपुरमा स्थापित शिवम् सिमेन्ट उद्योगले स्थानीय उच्च गुणस्तरीय चुनढुङ्गाको प्रयोग गरी दैनिक ३ हजार टन ओपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ।