बुधबार, श्रावण ६,२०८३ 02:44:12
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 02:44:12
Bizshala
Global IME Bank Limited

तीन बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा युनाइटेड अजोड

तीन बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा युनाइटेड अजोड
New Office

काठमाण्डौ । मंगलबार सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ३९.४४ अंकले घटेर २७४४.४० विन्दुमा कायम भएको छ ।  

नेप्सेमा सूचीकृत ३३८ कम्पनीको १ करोड ६ लाख ७८ हजार ५५० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६६ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।  

आज बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा समूह ०.५४ प्रतिशत र निर्जीवन बीमा समूह ०.७७ प्रतिशतले घटेको छ ।  

आज ३ बीमा कम्पनीको मात्रै सेयरभाउ बढेको छ । नेशनल लाइफ इन्स्योरेन्सको ०.६८ प्रतिशतले बढेर ५९० रुपैयाँ, सलिकोको ०.१९ प्रतिशतले बढेर ५९१ रुपैयाँ र सिद्धार्थ प्रिमियरको ०.१४ प्रतिशतले बढेर ७१६ रुपैयाँ पुगेको छ ।  

सर्वाधिक गुमाउनेमा युनाइटेड अजोड इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ३.७२ प्रतिशतले घटेर ४४० रुपैयाँ कायम भएको छ ।  

त्यस्तै, हिमालयन एभरेष्टको १.९३ प्रतिशत, आइजीआई प्रुडेन्सियल, नेपाल इन्स्योरेन्सको ०.९६ प्रतिशत, नेको इन्स्योरेन्सको १.२९ प्रतिशत, एनएलजीको ०.३६ प्रतिशत, नेपाल माइक्रो इन्स्योरेन्सको ३.०२ प्रतिशत, प्रभुको ०.४० प्रतिशत, आरबीसीएलको ०.०३ प्रतिशत, सानिमा जिआइसीको १.२६ प्रतिशत, हिमालयन रि को ३.१३ प्रतिशत र नेपाल रि को १.४० प्रतिशतले घटेको छ ।  

यसका साथै एशियन लाइफको ०.९८ प्रतिशत, सिटिजन लाइफको ०.७६ प्रतिशत, क्रेष्ट माइक्रो लाइफको ०.२३ प्रतिशत, गार्डियन माइक्रो लाइफको २.८२ प्रतिशत, हिमालयन लाइफको १.०२ प्रतिशत, आइएमई लाइफको १.५६ प्रतिशत, एलआइसी नेपालको ०.७३ प्रतिशत, नेपाल लाइफको ०.१८ प्रतिशत, रिलायबल नपाल लाइफको ०.७५ प्रतिशत, सूर्यज्योति लाइफको ०.३७ प्रतिशत, सन नेपाल लाइफको ०.५१ प्रतिशत र सानिमा रिलायन्स लाइफको ०.५३ प्रतिशतले घटेको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.