मंगलवार, कार्तिक ३,२०८३ 01:33:12
  • मंगलवार, कार्तिक ३,२०८३ 01:33:12
Global IME Bank Limited

बरुण हाइड्रोपावरको नाफा २७३.८१% ले बढ्यो, इपीएस कति ?

Bizshala
बरुण हाइड्रोपावरको नाफा २७३.८१% ले बढ्यो, इपीएस कति ?
New Office

काठमाण्डौ । बरुण हाइड्रोपावरको नाफामा उल्लेख्य सुधार देखिएको छ । चालु आवको तेस्रो त्रैमाससम्म कम्पनीले १ करोड ६९ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ ।  

कम्पनीको यो नाफा गत आवको सोही अवधिसम्मको  तुलनामा ३७३.८१ प्रतिशत बढी हो । गत आवको तेस्रो त्रैमाससम्म कम्पनीले जम्मा ३५  लाख ७८  हजार रुपैयाँ मात्रै नाफा कमाएको थियो ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

कम्पनीको विद्युत बिक्री आम्दानीमा सुधार देखिदा नाफा वृद्धिमा टेवा पुगेको हो । सो अवधिसम्म कम्पनीको विद्युत बिक्री आम्दानी ३.६४ प्रतिशत बढेर ७ करोड ५३ लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिसम्म कम्पनीको यस्तो आम्दानी ७ करोड २७ लाख रुपैयाँ थियो ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

साथै कम्पनीको वित्तीय खर्च पनि घटेको छ । यसले गर्दा कम्पनीको नाफा बढ्न पुगेको देखिन्छ । गत आवको चैत मसान्तसम्म २ करोड २७ लाख रुपैयाँ वित्त खर्च रहेको यस कम्पनीको चालु आवको सोही अवधिसम्म २१.९१ प्रतिशत कम भई १ करोड ७८ लाख रुपैयाँ कायम भएको छ ।  

साथै कम्पनीको प्रतिसेयर आम्दानी (इपीएस) २.०१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १०७.७२ रुपैयाँ, पीई रेसियो १५८.९१ गुणा र तरलता अनुपात १२.०५ प्रतिशत रहेको छ ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.