काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(वैशाख ४ गते) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.२३ रुपैयाँ र बिक्रीदर १३३.८३ रुपैयाँ कायम भएको छ ।
त्यस्तै आज एक यूरोको खरिददर १४२.०२ रुपैयाँ र बिक्रीदर १४२.६६ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६६.४२ रुपैयाँ र बिक्रीदर १६७.१७ रुपैयाँ कायम भएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८६.४१ रुपैयाँ र बिक्रीदर ८६.८० रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ८.६६ रुपैयाँ र बिक्रीदर ८.७० रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.२८ रुपैयाँ र बिक्रीदर ३६.४४ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.४१ रुपैयाँ र बिक्रीदर १८.४९ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर २७.८८ रुपैयाँ र बिक्रीदर २८ रुपैयाँ एक कतारी रियालको खरिददर ३६.५३ रुपैयाँ र बिक्रीदर ३६.६९ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३२.५६ रुपैयाँ र बिक्रीदर ४३४.५१ रुपैयाँ कायम भएको छ ।