बुधबार, असार १०,२०८३ 09:51:12
Bizshala
  • बुधबार, असार १०,२०८३ 09:51:12
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

‘एलएस होराइजन १२’को इकाई बिक्री आजदेखि बन्द गरिदै

Laxmi Sunrise Bank Limited
‘एलएस होराइजन १२’को इकाई बिक्री आजदेखि बन्द गरिदै

काठमाण्डौ । लक्ष्मी सनराइज म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने ‘एलएस होराइजन १२’को इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । लक्ष्मी सनराइज बैंक कोष प्रवद्धक र लक्ष्मी सनराइज क्यापिटल योजना व्यवस्थापक रहेको यो योजना’को १२ करोड इकाइको बिक्री आवेदन गत वैशाख ३० गतेदेखि खुला गरिएको थियो ।  

यो योजनाको इकाई बिक्री बन्द छिटोमा जेठ ४ गते हुने तय भएको थियो । तर मागबमोजिम आवेदन नपरेकाले यो योजनाको इकाई खरिदका लागि आवेदन दिने म्याद जेठ १३ गतेसम्मका लागि थप गरिएको थियो । उक्त अवधिभित्र मागभन्दा बढी संख्यामा आवेदन प्राप्त भएकाले निर्धारित मिति अगावै बिक्री आवेदन बन्द गरिन लागेको हो ।

New Office
CG Motors
Garima Development Bank

यो योजनाको कुल निष्कासनमध्ये बीज पूँजीबापत १ करोड ८० लाख इकाई कोष प्रवद्र्धक लक्ष्मी सनराइज बैंकलाई सुरक्षित राखि बाँकी १० करोड २० लाख इकाई सर्वसाधारणहरुमा निष्कासन गरिएको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतममा १ करोड २० लाख इकाइका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र दरखास्त संकलनको लागि अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु (आस्वा सदस्य) का आस्वा सेवा प्रदान गर्ने सम्पूर्ण कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।  

योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.