काठमाण्डौ । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीलाई नगद लाभांश वितरण गरेको छ। कम्पनीले गत आर्थिक वर्ष २०७९/८० का लागि घोषणा गरेको ७.५ प्रतिशत नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको जनाएको हो ।
संस्थाले गत फागुन २९ गतेसम्म आफ्नो हितग्राही खातामा बैंक बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको बैंक खातामा उक्त नगद लाभांश जम्मा गरिएको कम्पनीले जनाएको छ। उक्त मितिपश्चात बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको हकमा भने क्रमशः बैंक खातामा नै नगद लाभांश जम्मा गरिने संस्थाले जनाएको छ ।
भौतिक सेयर अभौतिक नगरेका सेयरधनीहरुलाई अभौतिकिकरण गर्न संस्थाले आह्वान गरेको छ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                