काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सानिमा बैंक लिमिटेडको अग्राधिकार सेयर सूचीकृत भएको छ ।
बैंकबाट जारी भएको प्रतिसेयष्र अंकित मूल्य १०० रुपैयाँ दरको २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता अग्राधिकार सेयर सूचीकृत भएको हो । नेप्सेले उक्त सेयरलाई ‘सानिमा पीएनपी’ सिम्बोल प्रदान गरेको छ ।
बैंकको ८.२५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर भोलिदेखि नै कारोबारमा आउनेछ । उक्त सेयर संस्थागत लगानीकर्ताबीच मात्र खरिदबिक्री हुनेछ ।

