बुधबार, भाद्र ३,२०८३ 05:01:08
Bizshala
  • बुधबार, भाद्र ३,२०८३ 05:01:08
Bizshala
Global IME Bank Limited

साविक महालक्ष्मी लाइफको नयाँ बोनसदर कायम, अधिकतम ५५ रुपैयाँसम्म प्रदान गरिने

साविक महालक्ष्मी लाइफको नयाँ बोनसदर कायम, अधिकतम ५५ रुपैयाँसम्म प्रदान गरिने
New Office

काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साविकको महालक्ष्मी लाइफको आर्थिक वर्ष २०७९/८० का लागि बीमितलाई प्रदान गरिने बोनस दर घोषणा गरेको छ ।  

कम्पनीले गत आवको आर्थिक लेखाजोखा तथा दायित्वको मूल्यांकन कम्पनीको आधिकारिक बीमाङ्कीबाट तयार गरिएको बीमाङ्कीय प्रतिवेदन बीमा प्राधिकरणबाट वैशाख २ गते स्वीकृत भएको जनाएको छ । कम्पनीले २०८० असार मसान्तसम्म जारी भएको मुनाफामा सरिक हुने जीवन बीमालेखहरुमा प्रतिवर्ष प्रति हजारमा न्यूनतम ३२ रुपैयाँदेखि अधिकतम ५५ रुपैयाँसम्म बोनस दर प्रदान गर्ने निर्णय गरेको छ ।  

कम्पनीले महालक्ष्मी सावधिक जीवन बीमालेख अन्तर्गत ५ देखि १५ वर्ष अवधिका लागि ४५ रुपैयाँ, १६ देखि २५ वर्षका लागि ४६ रुपैयाँ र २६ देखि ३० वर्षका लागि ५२ रुपैयाँ बोनसदर निर्धारण गरेको छ।  

कम्पनीले महालक्ष्मी सरल जीवन बीमालेख अन्तर्गत ५ देखि १५ वर्ष अवधिका लागि ५२ रुपैयाँ र १६ देखि २५ वर्षका लागि ५५ रुपैयाँ बोनसदर निर्धारण गरेको छ।    

Bizshala
CG Motors

महालक्ष्मी जीवन हेरचाह बीमा अन्तर्गतका ५ देखि १५ वर्ष अवधिका लागि ५० रुपैयाँ र १६ देखि २५ वर्षका लागि ५१ रुपैयाँ बोनसदर निर्धारण गरेको छ।    

कम्पनीले बाल बचत बीमा बीमा योजना अन्तर्गत ५ देखि १५ वर्ष अवधिका लागि ३२ रुपैयाँ, १६ देखि २१ वर्षका लागि ३५ रुपैयाँ र २२ देखि २५ वर्षका लागि ३९ रुपैयाँ बोनसदर निर्धारण गरेको छ।  छ ।  

यसैगरी महालक्ष्मी वार्षिक धनफिर्ता बीमालेख अन्तर्गत ५ देखि १५ वर्ष अवधिका लागि ३५ रुपैयाँ र १६ देखि ३५ वर्षका लागि पनि ३५ रुपैयाँ बोनसदर निर्धारण गरेको छ।  

कम्पनीले महालक्ष्मी धनधान्य बीमा अन्तर्गत १५ वर्षे अवधिका लागि ४५ रुपैयाँ र २० वर्षे अवधिका लागि पनि ४५ रुपैयाँ बोनसदर तोकेको छ ।  

त्यस्तै महालक्ष्मी सावधिक आजीवन बीमा अन्तर्गत ५ देखि १५ वर्ष अवधिका लागि ३५ रुपैयाँ,१६ देखि २५ वर्षका लागि ३५ रुपैयाँ र २६ देखि ३० वर्षका लागि ३५ रुपैयाँ बोनस प्रदान गरिनेछ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.