काठमाण्डौ। भेष्पा अप्रिलिया नेपालले आफ्ना ग्राहकहरुलाई सरल फाइनान्स सुविधा उपलब्ध गराउने भएको छ ।
जसको लागि कम्पनीले हुलास फिनसर्भ हायर पर्चेजसँग साझेदारी गरेको हो ।
नेपालका लागि भेष्पा अप्रिलिया स्कुटरको आधिकारिक वितरक डेल्टा अटोकर्पका अनुसार ग्राहकले स्कुटरको मूल्यको ६० प्रतिशतसम्म फाइनान्स गर्न सकिने र सो कर्जाको भुक्तानि अवधि ६ देखि २४ महिनासम्म रहनेछ ।
यो सुविधा देशभर भेष्पा अप्रिलिया स्कुटरका शोरुमहरुमा उपलब्ध रहनेछ ।
डेल्टा अटोकर्पका सीईओ तथा निर्देशक विजय महत्तो भन्छन्, ‘डेल्टा अटोकर्पले भेष्पा अप्रिलिया स्कुटर खरिदकर्ताहरुलाई नयाँ फाइनान्स सुबिधा प्रदान गर्न हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडसँग साझेदारी गरेको छ, यस सहकार्यले हाम्रा ग्राहकहरुलाई समग्रमा सजिलो फाइनान्स सुविधा सुनिश्चित गर्दछ ।’
हुलास फिनसर्भ हायर पर्चेजका महाप्रबन्धक समिर ठाकुरले सरल फाइनान्स सुविधाले ग्राहकका लागि फाइनान्समा स्कुटर खरिद गर्न मद्दत पुर्याउने बताए ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                