काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१ को अपरिष्कृत त्रैमासिक वित्तीय प्रतिवेदन सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीको खुद नाफा ८७.२४ प्रतिशतले घटेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म १ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीको नाफा तेस्रो त्रैमाससम्म घटेर १३ लाख १८ हजार रुपैयाँमा सीमित बनेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको खुद ब्याज आम्दानी भने १३.२८ प्रतिशतले वृद्धि भएर ७ करोड ५९ लाख रुपैयाँ पुगेको छ । कम्पनीको सञ्चालन आम्दानी ८.९२ प्रतिशत र सञ्चालन नाफा ८२.२१ प्रतिशतले घटेको छ ।
समीक्षा अवधिसम्म कम्पनीले इम्पेयरमेन्ट चार्जका लागि १ करोड ६६ लाख रुपैयाँ छुट्टाएको छ । कम्पनीको रिटेन्ड अर्निङ २२ करोड १० लाख रुपैयाँ ऋणात्मक रहेकोमा रिजर्भको आकार भने ४२ करोड ३९ लाख रुपैयाँबराबर रहेको छ । २ अर्ब २४ करोड रुपैयाँ निक्षेप संकलन गरेको कम्पनीले १ अर्ब ७३ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ०.२४ रुपैयाँ, पीई अनुपात १ हजार ८६२.४५ गुणा,प्रतिसेयर नेटवर्थ १३४.८३ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ४९९.६४ रुपैयाँ र तरलता अनुपात ५३.४८ गुणा कायम भएको छ ।