मंगलवार, आश्विन १३,२०८३ 08:51:51
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 08:51:51
Bizshala
Global IME Bank Limited

ताइवानको सेयर बजारले भारतलाई पछि पार्यो, बन्यो विश्वको पाँचौं ठूलो बजार

Bizshala
ताइवानको सेयर बजारले भारतलाई पछि पार्यो, बन्यो विश्वको पाँचौं ठूलो बजार
New Office

काठमाण्डौ । ताइवानको सेयर बजारले कुल बजार पूँजीकरणका आधारमा भारतलाई पछि पार्दै विश्वको पाँचौं ठूलो सेयर बजार बनेको छ। यो परिवर्तन मुख्य रूपमा विश्वकै सबैभन्दा ठूलो चिप निर्माता कम्पनी ताइवान सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी(टीएसएमसी)को सेयरमा आएको तीव्र वृद्धिका कारण भएको हो।

ब्लूमबर्गको तथ्यांक अनुसार, ताइवानको कुल बजार मूल्य ४.९५ ट्रिलियन अमेरिकी डलर पुगेको छ। त्यस्तै, भारतको सेयर बजारको कुल मूल्यांकन घटेर ४.९२ ट्रिलियन डलरमा सीमित भएको छ। यससँगै ताइवान अब अमेरिका, चीन, जापान र हङकङपछि विश्वको पाँचौं ठूलो सेयर बजार बनेको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

ताइवानको यो तीव्र वृद्धि मुख्य रूपमा टेक्नोलोजी र सेमिकन्डक्टर क्षेत्रमा आधारित छ। यसको सबैभन्दा ठूलो आधार टीएसएमसीहो, जसको बजार सूचकांकमा करिब ४२ प्रतिशत हिस्सा रहेको छ।

एआईको विश्वव्यापी माग तीव्र रूपमा बढेसँगै टीएसएमीको सेयर यस वर्ष करिब ४९ ले बढेको छ। एआई चिप्सको उत्पादनमा कम्पनी विश्व बजारमा लगभग एकाधिकारजस्तै स्थितिमा रहेको मानिन्छ।

विश्लेषकहरूका विदेशी लगानीकर्ताले भारतबाट पैसा निकालेर ताइवान र कोरिया जस्ता एआई केन्द्रित बजारतर्फ लगानी सार्नु, विदेशी संस्थागत लगानीकर्ताहरू बाहिरिनु जस्ता कारणले भारतको सेयरबजार पछि परेको हो । 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.