काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(वैशाख ६ गते) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.३६ रुपैयाँ र बिक्रीदर १३३.९६ रुपैयाँ कायम भएको छ ।
त्यस्तै आज एक यूरोको खरिददर १४१.९३ रुपैयाँ र बिक्रीदर १४२.५७ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६६.१४ रुपैयाँ र बिक्रीदर १६६.८९ रुपैयाँ कायम भएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८५.७० रुपैयाँ र बिक्रीदर ८६.०९ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ८.६२ रुपैयाँ र बिक्रीदर ८.६६ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.३१ रुपैयाँ र बिक्रीदर ३६.४८ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.४२ रुपैयाँ र बिक्रीदर १८.५१ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर २७.८३ रुपैयाँ र बिक्रीदर २७.९६ रुपैयाँ एक कतारी रियालको खरिददर ३६.५७ रुपैयाँ र बिक्रीदर ३६.७३ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.६४ रुपैयाँ र बिक्रीदर ९.६८ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३२.६९ रुपैयाँ र बिक्रीदर ४३४.६४ रुपैयाँ कायम भएको छ ।