बुधबार, असार १०,२०८३ 06:28:57
Bizshala
  • बुधबार, असार १०,२०८३ 06:28:57
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

१७ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा नेपाल रि इन्स्योरेन्स

Laxmi Sunrise Bank Limited
१७ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा नेपाल रि इन्स्योरेन्स

काठमाण्डौ । बजेट घोषणापश्चात् आज खुलेको सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक २६.७२ अंकले घटेर २७५५.३७ विन्दुमा कायम भएको छ ।  

नेप्सेमा सूचीकृत ३४९ कम्पनीको १ करोड ३३ लाख ८३ हजार ८१६ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ६१ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।  

आज बीमा समूहका दुई उपसूचकमध्ये जीवन बीमा समूह ०.७९ र निर्जीवन बीमा समूह १.३७ प्रतिशतले बढेको छ ।  

आज १७ बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउनेमा नेपाल पुनर्बीमा कम्पनी रहेको छ । कम्पनीको सेयरभाउ आज १४.९९ प्रतिशतले बढेर १०४७.६० रुपैययाँ पुगेको छ ।  

New Office
CG Motors
Garima Development Bank

त्यस्तै, हिमालयन रि को ३.७५ प्रतिशत, हिमालयन एभरेष्टको २.२४ प्रतिशत, आइजीआई प्रुडेन्सियलको २.१६ प्रतिशत, नेपाल इन्स्योरेन्सको २.८८ प्रतिशत, नेको इन्स्योरेन्सको २.४८ प्रतिशत, एनएलजीको ४.५३ प्रतिशत, नेपाल माइक्रो इन्स्योरेन्सको ०.३९ प्रतिशत, प्रभु इन्स्योरेन्सको २.२६ प्रतिशत, सलिकोको १.५४ प्रतिशत, सानिमा जिआइसीको ३.१२ प्रतिशत, शिखरको २.५२ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.५६ प्रतिशत, युनाइटेड अजोडको ४.२७ प्रतिशत, एशियन लाइफको ०.४० प्रतिशत, गार्डियन माइक्रो लाइफको २.०२ प्रतिशत र सानिमा रिलायन्स लाइफको ०.२३ प्रतिशतले बढेको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सर्वाधिक गुमाउनेमा भने क्रेष्ट माइक्रो लाइफ रहेको छ । कम्पनीको सेयरभाउ ६.९५ प्रतिशतले घटेर १२५६.२० रुपैयाँ कायम भएको छ ।  

त्यस्तै, सिटिजन लाइफको ०.६६ प्रतिशत, हिमालयन लाइफको ०.४७ प्रतिशत, आइएमई लाइफको ०.६७ प्रतिशत, एलआइसी नेपालको ०.६१ प्रतिशत, नेपाल लाइफको १.४५ प्रतिशत, नेशनल लाइफको ०.८९ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको १.१९ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.४७ प्रतिशत, सूर्यज्योति लाइफको ०.८९ प्रतिशत, सन नेपाल लाइफको ०.०७ प्रतिशत र राष्ट्रिय बीमा कम्पनीको २.७५ प्रतिशतले घटेको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.