बुधबार, असार १०,२०८३ 06:29:16
Bizshala
  • बुधबार, असार १०,२०८३ 06:29:16
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

२४ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा क्रेष्ट माइक्रो लाइफ

Laxmi Sunrise Bank Limited
२४ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा क्रेष्ट माइक्रो लाइफ

काठमाण्डौ । मंगलबार सेयरबजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक २२.२१ अंकले बढेर २७७७.५८ विन्दुमा पुगेको छ ।  

नेप्सेमा सूचीकृत ३४६ कम्पनीको १ करोड १३ लाख ८३ हजार ४३१ कित्ता सेयर निबेच हुँदा ५ अर्ब २६ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।  

आज बीमा समूहका दुईवटै उपसूचक बढेको छ । जीवन बीमा समूह ०.२७ प्रतिशत र निर्जीवन बीमा समूह १.०२ प्रतिशतले बढेको छ ।  

दुवै उपसूचक बढ्दा आज २४ बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउनेमा क्रेष्ट माइक्रो लाइफ र नेपाल पुनर्बीमा कम्पनी रहेको छ । क्रेष्ट माइक्रो लाइफको सेयरभाउ १०.५७ प्रतिशतले बढेर १३८९ रुपैयाँ र नेपाल पुनर्बीमा कम्पनीको सेयरभाउ ९.४४ प्रतिशतले बढेर ११४६.५० रुपैयाँ पुगेको छ ।  

New Office
CG Motors
Garima Development Bank

त्यस्तै, हिमालयन रि को २.७६ प्रतिशत, हिमालयन एभरेष्टको २.९० प्रतिशत, आइजीआई प्रुडेन्सियलको १.२५ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.३६ प्रतिशत, नेको इन्स्योरेन्सको १.१३ प्रतिशत, एनएलजीको २.३३ प्रतिशत, नेपाल माइक्रो इन्स्योरेन्सको ३.७१ प्रतिशत, प्रभुको ०.८६ प्रतिशत, सलिकोको १.२८ प्रतिशत, सानिमा जिआइसीको २.१० प्रतिशत, शिखरको ०.६३ प्रतिशत र युनाइटेड अजोडको ०.९७ प्रतिशतले बढेको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसका साथै एशियन लाइफको ०.०४ प्रतिशत, गार्डियन माइक्रो लाइफको ४.७५ प्रतिशत, हिमालयन लाइफको ०.७३ प्रतिशत, एलआइसी नेपालको ०.१८ प्रतिशत, नेपाल लाइफको ०.२८ प्रतिशत, नेशनल लाइफको ०.३९ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.२२ प्रतिशत, रिलाबयल नेपाल लाइफको ०.४१ प्रतिशत, सूर्यज्योति लाइफको ०.६७ प्रतिशत र सानिमा रिलायन्स लाइफको ०.७९ प्रतिशतले बढेको छ ।  

आज ४ कम्पनीको सेयरभाउ भने घटेको छ । सर्वाधिक गुमाउनेमा सन नेपाल लाइफ रहेको छ । कम्पनीको सेयरभाउ ०.७७ प्रतिशतले घटेर ४५३ रुपैयाँ कायम भएको छ ।  

त्यस्तै, सिटिजन लाइफको ०.१५ प्रतिशत, आइएमई लाइफको ०.२३ प्रतिशत र राष्ट्रिय बीमा कम्पनीको ०.०३ प्रतिशतले घटेको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.