काठमाण्डौ । भगवति हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले नगद लाभांश वितरण गरेको छ।
कम्पनीले गत पुस २४ गते सम्पन्न २३ औं वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०७९/८० का लागि पारित १०.५२६३ प्रतिशत नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो।
कम्पनीले हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको बैंक खातामा माघ २ गतेदेखि उक्त नगद लाभांश जम्मा गरेको जनाएको छ ।
भौतिक सेयर अभौतिक नगरेका सेयरधनीहरुले सेयरधनीहरुलाई अभौतिकिकरण गर्न कम्पनीले आह्वान गरेको छ। यस्तै कतिपय सेयरधनीहरुको बैंक खातामा भएको नाम तथा बैंक विवरण नमिलेकाले बैंक खातामा जम्मा भएको रकम समेत फिर्ता आएकाले आफ्नो विवरणमा एकरुपता ल्याउन कम्पनीले आग्रह गरेको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                