सोमबार, असार २,२०८२ 02:15:53
  • सोमबार, असार २,२०८२ 02:15:53
Global IME Bank Limited

गोर्खाज फाइनान्सको खस्कदो वित्तीय अवस्थाः नाफा ४०%ले घट्यो, वितरणयोग्य मुनाफा ५९.४७ करोडले ऋणात्मक

Hyundai Nepal
गोर्खाज फाइनान्सको खस्कदो वित्तीय अवस्थाः नाफा ४०%ले घट्यो, वितरणयोग्य मुनाफा ५९.४७ करोडले ऋणात्मक
Nabil Bank Limited

काठमाण्डौ । गोर्खाज फाइनान्स लिमिटेडको खुद नाफा ४०.०६ प्रतिशतले घटेको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ५ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको तेस्रो त्रैमासम्म कम्पनीले ९ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।  

कम्पनीको खुद ब्याज आम्दानी पनि ७.६९ प्रतिशतले घटेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म २५ करोड ४७ लाख रुपैयाँ रहेको कम्पनीको खुद ब्याज आम्दानी २३ करोड ५१ लाख रुपैयाँमा सीमित बनेको छ ।  

कम्पनीले २ करोड १ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्जका लागि छुट्टाएको छ । चैत मसान्तसम्म कम्पनीको खुद आम्दानी ३४ करोड ६० लाख रुपैयाँबाट घटेर २८ करोड ५३ लाख रुपैयाँमा सीमित बनेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै कम्पनीको रिटेन्ड अर्निङ ५९ करोड ४७ लाख रुपैयाँले ऋणात्मक रहेको छ । कम्पनीको रिजर्भको आकार पनि घटेको छ । अघिल्लो आवमा १ अर्ब ४ करोड रुपैयाँ रहेको रिजर्भ १ अर्ब २ करोडमा खुम्चिएको छ ।  

कम्पनीको वितरणयोग्य मुनाफा ५९ करोड ४७ लाख रुपैयाँले ऋणात्मक रहेको छ ।  

तेस्रो त्रैमाससम्म कम्पनीले ८ अर्ब ७४ करोड रुपैयाँबराबरको निक्षेप संकलन गरेको छ । साथै,यो अवधिसम्म कम्पनीले ५ अर्ब ९९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)८.४३ रुपैयाँ,प्रतिसेयर नेटवर्थ १५१.७१ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार २३१.६९ रुपैयाँ र तरलता अनुपात २९.५२ प्रतिशत कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.