बुधबार, भाद्र ३,२०८३ 02:43:04
Bizshala
  • बुधबार, भाद्र ३,२०८३ 02:43:04
Bizshala
Global IME Bank Limited

गोर्खाज फाइनान्सको खस्कदो वित्तीय अवस्थाः नाफा ४०%ले घट्यो, वितरणयोग्य मुनाफा ५९.४७ करोडले ऋणात्मक

गोर्खाज फाइनान्सको खस्कदो वित्तीय अवस्थाः नाफा ४०%ले घट्यो, वितरणयोग्य मुनाफा ५९.४७ करोडले ऋणात्मक
New Office

काठमाण्डौ । गोर्खाज फाइनान्स लिमिटेडको खुद नाफा ४०.०६ प्रतिशतले घटेको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ५ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको तेस्रो त्रैमासम्म कम्पनीले ९ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।  

कम्पनीको खुद ब्याज आम्दानी पनि ७.६९ प्रतिशतले घटेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म २५ करोड ४७ लाख रुपैयाँ रहेको कम्पनीको खुद ब्याज आम्दानी २३ करोड ५१ लाख रुपैयाँमा सीमित बनेको छ ।  

कम्पनीले २ करोड १ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्जका लागि छुट्टाएको छ । चैत मसान्तसम्म कम्पनीको खुद आम्दानी ३४ करोड ६० लाख रुपैयाँबाट घटेर २८ करोड ५३ लाख रुपैयाँमा सीमित बनेको छ ।  

Bizshala
CG Motors

यस्तै कम्पनीको रिटेन्ड अर्निङ ५९ करोड ४७ लाख रुपैयाँले ऋणात्मक रहेको छ । कम्पनीको रिजर्भको आकार पनि घटेको छ । अघिल्लो आवमा १ अर्ब ४ करोड रुपैयाँ रहेको रिजर्भ १ अर्ब २ करोडमा खुम्चिएको छ ।  

कम्पनीको वितरणयोग्य मुनाफा ५९ करोड ४७ लाख रुपैयाँले ऋणात्मक रहेको छ ।  

तेस्रो त्रैमाससम्म कम्पनीले ८ अर्ब ७४ करोड रुपैयाँबराबरको निक्षेप संकलन गरेको छ । साथै,यो अवधिसम्म कम्पनीले ५ अर्ब ९९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)८.४३ रुपैयाँ,प्रतिसेयर नेटवर्थ १५१.७१ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार २३१.६९ रुपैयाँ र तरलता अनुपात २९.५२ प्रतिशत कायम भएको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.