काठमाण्डौ । इजरायल र इरानबीच तनाव बढ्दै जाँदा युरोपेली बजार र एशियन सेयर बजारमा गिरावट आएको छ । यो समचार तयार पार्दासम्म जर्मनको ड्याक्स , फ्रान्सको क्याक , लण्डनको फुट्सी र इटालीको फुट्सी मिब्मा करिब एक प्रतिशत हाराहारीको गिरावट आएको छ ।
त्यसै अष्ट्रेलियाको सेयर बजारमा पनि ०.९८ प्रतिशतको गिरारवट आएको छ । यसको साथै एशियाली बजारमा पनि गिरावट आएको छ । जापानको निक्कीमा २.६६ प्रतिशत दक्षिण कोरियाको कोस्पि १.६३ प्रतिशत चाइनाको संघाई ०.२९ प्रतिशत तथा हङकङको स्टक मार्केट्मा ०.९९ प्रतिशतको गिरावट आएको छ । भारतीय सेयर बजार सेन्सेक्समा भने बढोत्तरी आएको छ ।
विट्क्वाइन आजै ६० हजार अमेरिकी डलर भन्दा तल खसेर पुनःसाढे ३.१९ प्रतिशतले वृद्धि भएको छ। क्रिप्टोकरेन्सिहरुमा इथेरियम , लाइटक्वाइन पनि बढोत्तरी आएको छ । विट्क्वाइन क्यासमा भने सामान्य गिरावट आएको छ ।